१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्राफिक प्रहरी खोटाङद्धारा तीन महिनामा साढे चार लाख बढि राजश्व सङ्कलन

ट्राफिक प्रहरी खोटाङद्धारा तीन महिनामा साढे चार लाख बढि राजश्व सङ्कलन



खोटाङ, १० कातिक । ट्राफिक प्रहरी कार्यालय खोटाङले नियम विपरित चलेका विभिन्न यातायातका साधनका सवारी धनीलाई कारबाही गरेको छ । गत साउनदेखि यता तीन महिनामा नियम विपरित चलाइएका ५५० सवारी साधनमाथि ट्राफिक प्रहरी खोटाङले कारबाही गरेको हो ।

गत साउनदेखी कातिकको पहिलो सातासम्म मापदण्ड विपरीत चलेका विभिन्न ४५० यातायातका साधनमाथी ट्राफिक प्रहरी कार्यालयले कारवाही गरी तीन महिनामा ४ लाख ७० हजार राजश्व सङ्कलन गरेको ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक दलबहादुर खत्रीले बताउनुभयो ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाबाट कारबाहीमा परेका सवारी साधनबाट २७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको थियो। ट्राफिक नियम उलङ्घन गर्ने चार हजार तीन सय सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको जनाइएको छ ।

पछिल्लो समय जिल्लामा सडक दुर्घटनामा ट्याक्टर दुई, टाटा सुमो एक र मोटरसाइकल एक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको र तीन जना घाईते भएको टा्रफिक प्रहरीले जनाएको छ । जिल्लामा चोरीका सवारी साधन दुई वटा मोटरसाइकल रहेको र हालसम्म पनि चोरीको मोटरसाइकल आफ्नो हो भनि प्रहरी समक्ष कोही पनि नआएको बताइएको छ । सवारी दुर्घटनाको कारण भने लापरबाही तरिकाले सवारी साधन चलाउनु, ओभरट्याक, मापसे, ओभरस्पीडका कारण दुर्घटना हुने गरेको पाइएको छ ।
ट्राफिक नियमको परिपालना र त्यसको कार्यान्वयनसंगै प्रहरीले तिहार र छठ पर्वको अवसरमा मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्दा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा चेकजाँचलाई कडाइ गरिएको ट्राफिक सहायक निरीक्षक खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार ००:००  ३ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली