८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन” एमाले अध्यक्ष : ओली

“छोरी र बाउ बोकेर गल्ती गरियो अब गरिँदैन” एमाले अध्यक्ष : ओली




चितवन, १५ कातिक । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको । अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुईरदुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

सोमबार चितवनमा आयोजित प्रथम महानगर अधिवेशनमा नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली यसरी नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छोरी रेणु दाहालविरुद्द उत्रिए ।

अध्यक्ष ओलीले चितवन महानगरकी मेयर रेणु दाहालमाथि पनि खबरदारी गरे । उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गर्ने पनि बताएका छन् ।

चैतमा स्थानीय तहको निर्वाचन हुने भन्दै स्थानीय तहको निर्वाचनमा अन्य दललाई धोबीले लुगा पछारेको जस्तरी पछार्नुपर्ने बताए ।
‘यो सरकार चल्दै जाने र लुतो लागेको कुकुर जस्तै खुइलिँदै जान्छ । एमालेले चाहे यो सरकार सात दिनमा ढाल्न सक्छ तर, हामी सरकार ढाल्न हतारो गर्दैनौँ । जनतालाई सचेत पार्न अगाडि बढ्छौँ ।’ यो समाचार न्यूज २४ नेपाल डटटिभीमा प्रकाशित छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ००:००  ३ : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली