११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण पुष्टि



विराटनगर, १५ कातिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको अर्जुनधारामा ९, विर्तामोडमा ७, कनकाईमा ६, दमकमा ४, बुद्धशान्तिमा ३, मेचीनगर, भद्रपुर, शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २३, उर्लाबारीमा ४, सुन्दरहरैचा र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा २, बराहक्षेत्र र इनरुवामा १–१, इलामको रोङमा २, पाँचथरको फिदिम, धनकुटाको धनकुटा नगरपालिका, उदयपुरको उदयपुरगढी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार ००:००  ३ : ३९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली