११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका

एमालेले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका



काठमाडौं, ८ मंसिर । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभएको हो ।

कार्यतालिका अनुसार महाधिवेशनमा मंसिर ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको हो । एमाले प्रचार विभाग प्रमुख एवम् सचिव योगेश भट्टराईका अनुसार आगामि मंसिर ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । १२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ । उहाँले भन्नुभयो, “एमाले महाधिवेशनको उद्घाटन मंसिर १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ ।” त्यही दिन साँझ केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने प्रचार विभाग प्रमुख एवम् सचिव भट्टराइले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ००:००  ६ : २५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली