८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला, जोखिम बढ्दै

भारतको नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला, जोखिम बढ्दै



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा पनि ओमिक्रोन संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो ।

संक्रमितको अहिले नयाँ दिल्ली स्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ । योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ ।

यस अघि शनिबार गुजरातको जामनगर र महाराष्ट्रको मुम्बईमा ओमिक्रोन संक्रमित फेला परेका थिए । यो भन्दा अघि कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित फेला परेका थिए ।

ओमिक्रोन संक्रमित निरन्तर फेला पर्न थालेपछि भारतको बिभिन्न शहरहरुमा जोखिम बढ्दो छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे पनि अहिलेसम्म कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ००:००  ७ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली