८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाँई

न्यूज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन : अध्यक्ष हुमागाँई



खोटाङ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले न्यूज पोर्टलका लागि लोककल्याणकारी विज्ञापन उपलव्ध गराउन पहल गर्ने बताएका छन् ।

छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा शुक्रबार खोटाङका पत्रकारसँगको छलफलमा अध्यक्ष हुमागाईले हालसम्म सरकारले बजेट भाषणमा न्यूज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति ल्याए पनि बजेट व्यवस्था गर्न नसकेको बताए ।

अध्यक्ष हुमागाईले पत्रपत्रिकालाई जस्तै कम्तीमा एक जना कर्मचारीलाई मासिक तलव खुवाउन पुग्नेगरी न्यूज पोर्टललाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउनका लागि बजेट व्यवस्थाका लागि पहल गर्ने बताएका हुन् ।

हुमागाईले लोककल्याणकारी विज्ञापनका लागि एफएम/भिटी जस्ता विद्युतीय सञ्चार माध्यमले १२ पुसभित्र सूचीकरणका लागि आवेदन आव्हान गरिएको जानकारी दिए । ‘विद्युतीय सञ्चार माध्यमको सूचीकरणका लागि सुचना प्रकाशन गरिएको छ ।

१२ पुसभित्रमा सूचीकरण गरिसक्नुपर्ने छ,’ हुमागाईले भने, ‘सूचीकरण भइसकेपछि लोककल्याणकारी विज्ञापनका लागि आवेदन दिनुपर्ने छ । त्यो काम भएपछि लोककल्याण विज्ञापन प्रशारणका लागि पठाइने छ ।’

अध्यक्ष हुमागाईले लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रकाशनका सन्दर्भमा विद्यमान कानून संशोधनको तयारी भइरहेको जानकारी दिए । ‘यसका लागि कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘त्यस कार्यदललाई दिइने फिडव्याक संकलनका लागि पनि फिल्डमै अध्ययनमा हिँडेका हौँ ।’

विज्ञापन बोर्डको चार जनाको टोलीले जिल्लाका छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन र भुक्तानीको विषयमा पत्रकारसँग छलफल गरेको छ । विज्ञापन बोर्डको टोलीले त्यसअघि जिल्ला हुलाक कार्यालयमा पनि छलफल गरेको थियो ।

यो समाचार नेपाल वाइड डटकममा प्रकासित छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार ००:००  ३ : ०४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली