१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस र माओवादीका ४३ जना क्रियाशिल सदस्य एमालेमा प्रवेश

शेरधन राईले गरे भव्य स्वागत

कांग्रेस र माओवादीका ४३ जना क्रियाशिल सदस्य एमालेमा प्रवेश

शेरधन राईले गरे भव्य स्वागत



खोटाङ, ६ पौष । खोटाङमा विभिन्न पार्टी परित्याग गरी ४३ जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँ कमिटीद्धारा आयोजित बृहत खुला आमसभा कार्यक्रममा नेपाली कांग्रेस र मओबादीका ४३ भन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा एमाले स्थाई कमिटी सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई लगायतले अबिर तथा खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले खोटाङका पार्टी अध्यक्ष रामप्रसाद दंगालले भन्नुभयो, “मुलुक परिवर्तन गर्ने एक मात्र प्यारो पार्टी एमाले नै हो । त्यसैले वृद्ध देखि युवाले एमाले रोज्नुभएको हो ।” अब जिल्लामा मात्र नभई देशमै अरु पार्टी परित्याग हाम्रो गौरवशाली पार्टी एमालेमा प्रवेश गर्नेको लर्को नै चल्नेछ । उहाँले भन्नुभयो, “यसका लागि हामी जिल्लाभर पार्टी प्रवेश अभियान चलाउछौँ।”

दक्षिण पन्थी अबसरबाद संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मार्गदर्शनमा समाजबादको आधार तयार पारौ भन्ने मुलनाराका साथ सम्पन्न भएको आमसभामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका वडाहरुबाट दुई हजार बढीको सहभागिता रहेको नेकपा एमाले खोटाङले जनाएको छ ।

कार्यक्रममा प्रदेश सदस्य राजन ढकाल, ईन्द्र दंगाल, पार्टी उपाध्यक्ष देवबिक्रम राई, सचीव कुमार आचार्य, सचिवालय सदस्य दिपनारायण रिजाल, विणादेबी राई, चर्चबहादुर बि.क, राजन बञ्जरा लगाएतले मन्तब्य राख्नुभएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार ००:००  ९ : ०८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली