११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलविद्युत आयोजनामा पाईप पड्किएर दुई इन्जिनियरको मृत्यु

जलविद्युत आयोजनामा पाईप पड्किएर दुई इन्जिनियरको मृत्यु



काठमाडौँ, १२ पुष । सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा पाईप पड्किएर दुई जना इन्जिनियरको मृत्यु भएको छ।

८६ मेगावाटको आयोजनामा आइतबार दिउँसो परीक्षणका क्रममा पेनस्टक पाइप पड्किएर दुर्घटना भएको हो । परीक्षणका क्रममा पाइपमा पानी हालेपछि विष्फोटसहित जोडिएको भाग छुटिएर घटना भएको हो ।

घटनामा आयोजनामा कार्यरत दुई जनाको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए ।

घटनामा इन्जिनियरद्वय अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो । पाइप पड्किएर बेहोस भएका उनीहरुलाई खराब मौसमका कारण समयमै उद्धार गर्न सकिएको थिएन । उनीहरुलाई उपचारका लागि ओखढुंगाको मिसन अस्पतालमा लगिएको थियो, तर, अस्पतालले मृत घोषित गरेको थियो ।

घटनामा घाइते भएका एक इन्जिनियरको काठमाडौंमा उपचार भइरहेको छ।
साभार – नेपाल आज

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार ००:००  ११ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली