८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन

चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन



खोटाङ, १३ पुष । खोटाङको जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट वडाध्यक्षमा निर्वाचित श्रेष्ठको गएराति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

श्रेष्ठको निधनमा काँग्रेसले तीन दिनसम्म शोक मनाउँदै औपचारिक कार्यक्रम स्थगन गर्ने, एक दिन पार्टी कार्यालय बन्द गर्ने र काँग्रेसको झण्डा आधा झुकाउने निणर्य गरिएको जिल्ला सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । यस्तै, वडाध्यक्ष श्रेष्ठको निधनमा गाउँपालिकामा मङ्गलबार शोक विदा दिइएको छ ।

वि.सं. २०१५ असार-६ गते जन्मनुभएका वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित रहनुभएको थियो । सिकिस्त अवस्थामा गत माघ-२८ गते शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो ।

स्वास्थ्यमा सुधार भएपछि घर आउने र समस्या आए अस्पताल जानेआउने गर्नुभएका श्रेष्ठलाई जटिल समस्या आएपछि गत साउनमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पुर्‍याइएको थियो । वडाध्यक्ष श्रेष्ठ अस्पताल लगिएपछि गत माघ-२८ गतेदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

वि.सं. २०३२ सालमा एसएलसी उत्तिणर् गर्नुभएका श्रेष्ठ २०३८ सालदेखि काँग्रेसको राजनीतिमा लाग्नुभएको थियो । वि.सं. २०४९ सालमा तत्कालीन चिसापानी गाविस अध्यक्ष निर्वाचित श्रेष्ठ २०५७ सालमा काँग्रेस क्षेत्रीय सभापति, २०६२ सालमा मनोनित जिल्ला सदस्य, वि.सं. २०६७ सालको जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य र वि.सं. २०७२ मा महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

यसपल्ट भने वडाध्यक्ष श्रेष्ठको स्वास्थ्यावस्था खराबीका कारण क्षेत्रीय प्रतिनिधि मात्र बनाइएको काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले जानकारी दिनुभयो । वडाध्यक्ष श्रेष्ठले पटक-पटक चिसापानी मावि र प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

वडाध्यक्ष श्रेष्ठको शव मङ्गलबार नै नेवारी सँस्कार अनुसार दाहसँस्कार गर्ने तयारी गरिएको आफन्तले जनाएका छन् । वडाध्यक्ष श्रेष्ठका श्रीमती, तीन छोरा, दुई बुहारी र दुई नातीनातिना छन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार ००:००  ८ : ३५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली