११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्जिए विश्वप्रकाश र गगन लिपुलेक हाम्रो हो, तत्काल सेना फिर्ता गर

गर्जिए विश्वप्रकाश र गगन लिपुलेक हाम्रो हो, तत्काल सेना फिर्ता गर



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले अतिक्रमित भूभाग लिपूलेकमा भारतले सडक निर्माण जारी राखेकोे प्रति आपत्ति जनाएका छन् ।

महामन्त्रीद्वय शर्मा र थापाले एक विज्ञप्ति नै जारी गरेर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अतिक्रमित भूभागमा सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको भनेर खुलमखुल्ला दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

बिज्ञप्तिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले यसका सम्बन्धमा नेपाली काँग्रेसले विगत देखि नै संस्थागत रुपले आफ्नो धारणा सार्वजनिक गर्दै आएको उल्लेख गरिएको छ ।

विगतको अभिव्यक्ति, अडान र धारणामा नेपाली काँग्रेको प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि कालापानी, लिपुलेक र लिम्पियाधुरामा सडक निर्माण जारी रहेको बताएका थिए । उक्त भनाइप्रति नेपाल सरकारले औपचारिक रुपमा कुनै अभिव्यक्ति दिएको छैन । काँग्रेसले भने केही समय पछि यो प्रतिकृया दिएको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अतिक्रमित उक्त भूमिसहित नेपालको नक्सा जारी गरेको थियो । तत्कालीन ओली सरकारले उक्त समस्या समाधानका लागि भारत सरकारसँग कुटनीतिक नोट लेखेपनि भारतले वास्ता गरेको थिएन ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार ००:००  २ : १९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली