११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिका : स्वास्थ्य चौकीलाई दश लाख बराबरको स्वास्थ्य सामग्री

केपिलासगढी गाउँपालिका : स्वास्थ्य चौकीलाई दश लाख बराबरको स्वास्थ्य सामग्री



खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-३ बास्पानी स्वास्थ्य चौकीलाई रोजी हिरा फाउन्डेसन र प्रदेश -१ आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले स्वास्थ्य चौकीलाई दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्ट्सन्टेटर र फाउन्डेसनका तर्फबाट, जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगाएत १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ। विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेशिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताउनुभयो।

एनआरएनएकी पूर्व उपाध्यक्ष तथा हाल अध्यक्ष पदको प्रत्यासी समेत रहनुभएकी फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताउनुभयो। आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ। उहाँले भन्नुभयो, म काठ्माण्डौकी छोरी, मेरो कर्म जिल्ला हो यो ठाउँ, अहिले युकेमा बसेर पनि हामीले नागरिकका लागि हर सहयोग गरिरहेका छौँ । यहाँका नागरिकले सद्भाव जनाइरहनुभएको छ । हाम्रो तर्फबाट यहाँका हरेक विषयमा सहयोग रहने छ। त्यसमाथि सरकारको पनि सहभागिता रहेकोले हामी उत्साहित बनेका छौँ।गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताउनुभयो। हामी जनप्रतिनिधि भएपछि धेरै कामहरू गरिरहेका छौँ, यस्ता सङ्घ संस्थाको समेत सहयोग जुट्यो भने यो विकट ठाउँ सुगम बन्ने छ। उहाँले भन्नुभयो।

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले सङ्घीयता लागू भएपछि प्रदेश सरकार गाँउ ठाँउमा नआए पनि अहिले बनेको सरकार गाँउ गाँउमा देखिन थालेको बताउनुभयो। फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै सामाजिक संघ सस्था सँगै सरकार पनि यसैगरी गाँउगाँउमा पुगेर नागरिकका समस्या बुझेर समस्याका समाधान गर्नुपर्ने उहाँले बताउनुभएको छ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ००:००  ७ : ३१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली