११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक विकासमन्त्री राईद्वारा गुम्बा शिलान्यास

सामाजिक विकासमन्त्री राईद्वारा गुम्बा शिलान्यास



खोटाङ, ७ फागुन । प्रदेश नम्बर-१ का सामाजिक विकास मन्त्री राजन राईले छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा शिलान्यास गर्नुभएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका-४ बाक्सिलामा साँढे तीन करोडमा बन्ने छ्याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा शनिबार एक कार्यक्रमकाबीच सामाजिक विकास मन्त्री राईले शिलान्यास गर्नुभएको हो ।

सो गाउँपालिकाको केन्द्र बाक्सिला बजारमा रहेको पुरानो र सानो गुम्बाको ठाउँमा ठूलो र व्यवस्थित गुम्बा बनाउन लागिएको बताइएको छ । गुम्बा निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने र डिपिआर तयार पारेर निर्माणको काम सुरु गरिने याजोलो रेन्छेन छेवालिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मनकुमार गुरुङले जानकारी दिनुभयो ।

यसैबीच, मन्त्री राईलाई बौद्ध गुम्बा शिलान्याससँगै पालिकाबासीले सम्मान गरेका छन् । मन्त्री राईलाई विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकले फेटा, दोसल्ला र खादा ओढाएर सम्मान गर्दै बधाई तथा शुभकामना दिएका हुन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार ००:००  ७ : ३३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली