११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुमा भाषाको पाठ सङ्कलन गोष्ठि

पुमा भाषाको पाठ सङ्कलन गोष्ठि



खोटाङ, ८ फागुन । खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमितिको संयोजनमा भाषा आयोग शंखमूल, काठ्माण्डौंले पुमा भाषा अभिलेखीकरण सम्वन्धी गोष्ठी आयोजना गरेको छ । पुमा भाषाको संरक्षण र संवद्र्धनका लागि अभिलेखीकरण गर्न पुमा भाषा अभिलेखीकरण सम्वन्धी गोष्ठी आयोजना गरेको हो ।

लोपोन्मुख बनेको पुमा राई भाषालाई अभिलेखीकरण गर्दै जीवन्त बनाएर राख्नका लागि पाठसंकलन कार्यक्रम गरिएको भाषा आयोगका प्रवक्ता उपसचिव गेहेन्द्रनाथ गौतमले जानकारीदिनुभयो । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङको निगालावासस्थित पैयाँटार प्राविमा शुक्रबार पुमा भाषा वक्तालाई भेला गरेर भाषा संकलन गरिएको हो ।

भाषाविद डा. तारामणी राई, अनुसन्धानकर्ता मायाँ राई, किरात पुमा राई तुप्खाबाङ्खाला केन्द्रीय कार्यसमिति सदस्य ध्रुवकुमार राई लगायतको सहजीकरणमा पुमा भाषाको पाठसंकलन गरिएको हो । भाषा संरक्षण कार्यक्रम अन्तरगत पुमा भाषाको पाठसंकलन सम्वन्धी प्रतिबेदन तयार पारेर बुझाइने आयोगका प्रवक्ता गौतमले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लाको जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा पुमा राईको बसोबास रहेको छ । पुमा राईको सघन बसोबासको आधारमा जन्तेढुंगामा पुमा भाषाको पाठ्याक्रम लागू भइरहेको किरात पुमा राई तुप्खाबाङ्खाला जिल्ला कार्यसमिति खोटाङका सदस्य डिल्लीसेर राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले शैक्षिक-सत्र २०७७/०७८ देखि स्थानीय भाषाको पाठ्यक्रम अन्तरगत १८ विद्यालयमा पुमा र १८ विद्यालयमा वान्तवा भाषामा पठन-पाठन सुरु गरिसकेको छ । विद्यालयमा ६० प्रतिशत पुमा र वान्तवा भाषा बोल्ने विद्यार्थी अध्ययनरत रहेको तथ्यांकका आधारमा पुमा र वान्तवा भाषाको पाठ्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार ००:००  ८ : ५५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली