८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा ट्याक्टरको बेथीति

खोटाङमा ट्याक्टरको बेथीति



खोटाङ, ११ फागुन । दश स्थानीय तह रहेको जिल्लाका धेरै जसो क्षेत्रमा ट्याक्टरको बेतिथी बढ्दै गएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र आसपासका स्थानमा निर्माण कार्यमा प्रयोग गरिएका साथै व्याक्तिगत सामान ढुवानी लागि प्रयोग गरिएका ट्याक्टरहरुको बेथिती बढ्दै गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

जिल्लाको प्रमुख व्यापारीक केन्द्र दिक्तेल बजारस्थित दिक्तेल-आहाले सडक खण्ड निर्माण कार्यका लागि प्रयोग गरिएका अधिकांश ट्याक्टर ओभर स्पिड चलाएकाले सडकमा हिडडुल गर्ने कठिनाई भएको स्थानीय बासिन्दा लेखबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “ हाम्रो घर नजिकै सडक छ, विद्यालय पनि छ तर सडकमा बाइक र ट्याक्टर मात्रै नभएर टाटा सुमो पनि ओभर स्पिड आउछ सडकमा निष्एिका कुखुराका चल्ला त दैनिक जसो सवारी साधनले मारिरहेकै हुन्छ, तर कुन दिन मानवीय क्षति हुने हो थाहा छैन् ।”

निर्माण कार्यका लागि ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट र रड अलपत्र पारेर ट्याक्टरको ट्रलिमा राखिएका सामाग्री पल्टिएमा मानवीय क्षती हुने सम्भावना बढेको छ । यसरी ट्याक्टरले बोकेका जुनसुकै सामाग्री हुन् त्यसलाई अनिवार्य छोपेर चलाउनु पर्दछ । जिल्लाका हरेक क्षेत्रमा ट्राफिक प्रहरी नहुदा चालकले मनोमानी ढङ्गले सवारी साधन चलाएको स्थानीय नेता तथा समाजसेवी प्रवचन राईले बताउनुभयो ।

ट्याक्टरहरुले ट्रली भरि ढुङ्गा अटाइ नअटाई हालेर चलाइएको छ । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित ट्याक्टरमा लाईसन्स बिना नै ट््याक्टर चलाउँने चालक उलेख्य रुपमा छन् । ओभरलोड सामान बोक्ने, ढुङ्गा अलपत्र राखेर नछोपी ट्याक्टर चलाउने ट्याक्टरको सङ्ख्या पनि उत्तिकै छ । यसमा सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिन आवश्यक छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका अनुसार विना लाईसेन्स (सवारी चालक अनुमति पत्र) नभएकाले बजार क्षेत्र अथवा हाइवे सडकमा सवारी साधन चलाएका छैनन् । तर, ग्रामिण भेगका केहि स्थानमा सवारी चाालक अनुमति पत्र लाईसेन्स नहुनेहरुले सवारी साधन चलाएको पाइयोे र उनीहरुलाई कारबाही समेत गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, सवारी चालक अनुमति पत्र नभएकाले सवारी साधन चलाउनाले सवारी दुर्घटना भएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक दलबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्याक्टरका साहुहरुलाई हामिले सवारी चालक अनुमति पत्र नभएकालाई र सह-चालकलाई ट्याक्टर दिएमा ट्याक्टर धनि स्वयमसमेतलाई कारबाही गर्ने भनेका छौँ ।”

गत माघ महिनामा जिल्लामा मापदण्ड विपरीत चलेका ३७ वटा ट्याक्टर कारबाहीमा परेका छन् । कारबाहीबाट २९ हजार राजस्व सङ्कलन गरिएको सहायक निरीक्षक खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ००:००  ९ : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली