८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्राफिक प्रहरी कार्यालयलाई १२ हजारको सामाग्री

ट्राफिक प्रहरी कार्यालयलाई १२ हजारको सामाग्री



खोटाङ, १४ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ वडा कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङलाई १२ हजारको सामाग्री हस्तानतरण गरेको छ । शुक्रबार वडा अध्यक्ष ललितकुमार राईले ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक दलबहादुर खत्रीलाई १० थान प्लास्टिकको कुर्सी र २ थान खाट हस्तानतरण गर्नुभएको हो ।

सवारी साधनको दुरुपयोग र सवारी दुर्घटना न्यूनीकरण गर्न महत्वपूणर् जिम्मेवारी रहेको ट्राफिक प्रहरी कार्यालयलाई १२ हजारको उक्त सामाग्री हस्तानतरण गरिएको वडाध्यक्ष राईले बिरासत खबरलाई जानकारी दिनुभयो । ट्राफिक प्रहरी कार्यालय व्यावस्थानमा केहि नभएकाले हाम्रो वडा कार्यालयको तर्फबाट सकेको सहयोग गरेका हौँ । उहाँले भन्नुभयो, “हाम्रो वडामा ट्राफिक कार्यालय आउनु हामी सबै वडाबासिका लागि खुसीको कुरा हो ।”

यता, सहायक प्रहरी निरीक्षक भन्नुहुन्छ, “ट्राफिक कार्यालय नयाँ ठाउमा सारिएकाले व्यावस्थापन गर्न निकै कठिनाई भइ रहेको बेला वडा कार्यालयले सहयोग गर्नुभएकोमा वडाध्यक्ष राई लगायत उहाँको सिङ्गो टिमलाई धन्यवाद दिन चाहान्छौँ ।”

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार ००:००  ११ : १७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली