८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी



काठमाडौँ, १५ । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।
साभार – अनलाइन खबर डटकम

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार ००:००  ९ : ०२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली