११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धारापानी माविमा पूर्व मगर विद्यार्थीद्धारा मञ्च निर्माण

धारापानी माविमा पूर्व मगर विद्यार्थीद्धारा मञ्च निर्माण



खोटाङ, १५ फागुन । जिल्लाको रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीमा सञ्चालित धारापानी माध्यमिक विद्यालयमा पूर्व मगर विद्यार्थीले मञ्च निर्माण गरेका छन् । धारापानी माविमा अध्ययन गरेर देश तथा विदेशमा रहेका पूर्व मगर विद्यार्थीहरुले गठन गरेको लाङ्घाली पूर्व मगर विद्यार्थी सेवा समाजमा आवद्ध २९ जना पूर्व मगर विद्यार्थीले सङ्कलन गरेका पाँच लाख २८ हजार तीन रुपैयाँ लगानीमा सभासम्मेलन लगायतका विभिन्न कार्यक्रम गर्न मिल्ने मञ्च निर्माण गरेका हुन् ।

विद्यालयमा निर्माण गरिएको मञ्च शनिबार रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । मञ्च उद्घाटन गर्नुहुँदै गाउँपालिका प्रमुख निरौलाले लाङ्घाली पूर्व मगर विद्यार्थी सेवा समाजमा आवद्ध पूर्व मगर विद्यार्थीहरुले विद्यालयका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

विद्यालय प्राङ्गणमा निर्माण गरिएको मञ्च शनिबार नै विद्यालयलाई हस्तान्तरण गरिएको लाङ्घाली पूर्व मगर विद्यार्थी सेवा समाजका संयोजक यामबहादुर थापामगरले जानकारी दिनुभयो । पूर्व मगर विद्यार्थीले निर्माण गरेका मञ्च विद्यालयमा सञ्चालन हुने अतिरिक्त कार्यक्रमका लागि उपयोगी भएको विद्यालय परिवारले जनाएको छ ।

मञ्च निर्माणका लागि सङ्कलन गरिएको रकममध्येबाट रु ३३ हजारमा एउटा राउण्ड सिस्टमसमेत खरिद गरेर विद्यालयलाई हस्तान्तरण गरिएको हाल बेलायमा रहनुभएका लाङ्घाली पूर्व मगर विद्यार्थी सेवा समाजका अध्यक्ष दिल दर्लामीमगरले जानकारी दिनुभयो । मञ्च निर्माणका लागि लाङ्घाली पूर्व मगर विद्यार्थी सेवा समाजका अध्यक्ष दिल दर्लामीमगरले सबैभन्दा बढी रु ७० हजार १३६ सहयोग गर्नुभएको छ ।

मञ्च निर्माण तथा साउण्ड सिस्टम खरिदका लागि हाल काठमाडौँमा रहनुभएका हरिबहादुर दर्लामीमगरले रु ५० हजार, दिक्तेलमा रहनुभएका भोजबहादुर थापामगर ‘लाफा’ले रु ३७ हजार १५५, धरानमा रहनुभएका निरकुमार दर्लामीमगरले रु ३७ हजार, धरानमै रहनुभएका संयोजक यामबहादुर थापामगरले रु ३६ हजार १५५ र हस्तबहादुर दर्लामीमगरले रु ३६ हजार सहयोग गर्नुभएको छ । यस्तै, हाल बेलायतमा रहनुभएका सरिता थापामगरले रु ३० हजार १११, हङ्कङमा रहनुभएका खिला थापामगरले रु २० हजार १११, धरानमा रहनुभएका लविन दर्लामीमगरले रु २० हजार र सन्तोष थापामगरले रु १५ हजार १५५ सहयोग गर्नुभएको जनाइएको छ ।

यसैगरी, इटहरीमा रहनुभएका गणेश दर्लामीमगरले रु १५ हजार १०५, काठमाडौँमा रहनुभएका शत्रुधन दर्लामीमगरले रु १५ हजार १०५, धारापानीमै रहनुभएका मानबहादुर दर्लामीमगरले रु १२ हजार ११०, अकलबहादुर पुलामीमगरले रु दश हजार १७०, खड्गबहादुर थापामगरले रु दश हजार १५५, सुवाश आलेमगरले रु दश हजार १५५ र धरानमा रहनुभएका यादव थापामगरले रु दश हजार १५५ सहयोग गर्नुभएको छ । यस्तै, धारापानीमा रहनुभएका रविन दर्लामीमगरले रु दश हजार ११०, धरानमा रहनुभएका चन्द्रबहादुर दर्लामीमगरले रु दश हजार, काठमाडौँमा रहनुभएका तीर्थसिं दर्लामीमगरले रु दश हजार, रुद्र पुलामीमगरले रु दश हजार र टंकबहादुर जर्घामगरले रु दश हजार सहयोग गर्नुभएको छ ।

यसैगरी, धारापानीका पूणर्बहादुर पिठाकोटेमगरले रु दश हजार, तेजबहादुर दर्लामीमगरले रु दश हजार, इटहरीमा रहनुभएका गंगाबहादुर थापामगरले रु पाँच हजार १०५, सुनापुर रहनुभएका नारायण थापामगरले रु पाँच हजार पाँच, धारापानाीमै रहनुभएका कृष्णबहादुर थापामगरले रु पाँच हजार पाँच, मनकुमार रानामगरले रु पाँच हजार र रामबहादुर रानामगरले रु तीन हजार सहयोग गर्नुभएको जनाइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार ००:००  ७ : ४० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली