८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफू र अरुको समय बर्बाद बनाउन हुदैन : अध्यक्ष ओलि

आफू र अरुको समय बर्बाद बनाउन हुदैन : अध्यक्ष ओलि



पोखरा, २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताउनुभएको छ ।शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताउनुभएको हो ।

बरु सूचना दिने खालको हुनुपर्ने उहाँको भनाइ छ ।‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उहाँले भन्नुभयो, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’यस्तै अध्यक्ष ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याएउनुभयो । सम्बोधन गर्दै उहाँले भन्नुभयो रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उहाँले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उहाँको नाम नेगीबाट दशरथ बन्यो ।उहाँले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताउनुभयो ।

‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,? उहाँले भने, ‘राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उहाँले आग्रह गर्नुभयो। रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्षमणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका भन्नुभउको थियो , ओलीले भन्नुभयो कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार ००:००  ४ : १५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली