८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 अध्यक्ष ओली उपस्थित हुने भएसँगै आमभेलाको शसक्त प्रचार-प्रसारमा एमाले

 अध्यक्ष ओली उपस्थित हुने भएसँगै आमभेलाको शसक्त प्रचार-प्रसारमा एमाले



खोटाङ, ६ फागुन । नेकपा एमाले जिल्ला कमिटी खोटाङले केन्द्रीय कमिटिका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने आमभेलालाई व्यापक बनाउन आवश्यक तयारी थालेको छ । पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षको प्रमुख आतिथ्यतामा चैत १९ मा दिक्तेलबजारमा हुने आमभेलालाई शसक्त र बृहत बनाउनका लागि आमभेला प्रचार-प्रसार उपसमितिले आवश्यक तयारी थालेको हो ।

एमाले पोलिटव्यूरो सदस्य एवम् खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईको प्रमुख आतिथ्यतामा आइतबार भएको आमभेला प्रचार-प्रसार उपसमितिले भिडियो सहित अपिल लिङ्क, सामाजिक सञ्जाल (फेसबुक) पोष्टर, दश वटै स्थानीय तह लगायत अन्य ठाउँमा फ्लेक्स प्रिन्ट राख्ने, झण्डा व्यानर, निमन्त्रणा कार्ड, जिङ्गल (रिङ टोन मोबाईल)को व्यवस्था गर्ने निणर्य गरेको छ । आवश्यक सामग्री तयार पारेर आमभेलाको शसक्त प्रचार-प्रसार गरिने एमाले आमभेला प्रचार-प्रसार उपसमितिका संयोजक रमेश पौडेलले बताउनुभयो ।

प्रमुख सचेतक भट्टराईका अनुसार, “अध्यक्ष ओलीको खोटाङ आगमनले जिल्लाको पर्यटन, सडक, भौतिक पूर्वाधार विकाशमा महत्वपूणर् भुमिका खेल्ने छ । हामिले विभिन्न क्षेत्रमा शिलान्यास गरेका विकासे कामका योजनाहरुले हाल सम्म पनि गति लिन सकिरहेका छैनन् । उहाँले भन्नुभयो, “परमादेशबाट आएको सरकारले कहि पनि बजेट छुट्याएको छैन् । यस्ता थुप्रै प्रश्नहरु हामीसँग छन, ती प्रश्नहरुको निरुपन हुनेगरि कुराकानी गर्ने छौँ ।

यसैबीच, नेकपा एमाले खोटाङले लोकतान्त्रिक जनजाती महासंघ, रिर्टर्नी फेड्रेसन नेपाल, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्गठन र बुद्धीजिवी परिसदको समेत जिल्ला कमिटीको निर्माण गरेको छ । लोकतान्त्रिक जनजाती महासंघ कृष्ण राईको नेतृत्वमा १७ सदस्यीय कमिटीको निर्माण गरिएको छ ।

यस्तै, रिर्टर्नी फेड्रेसन नेपाल काजि खड्काको नेतृत्वमा १३ सदस्यीय कमिटीको निर्माण भएको बताइएको छ । नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्गठन जयनारायण कटवालको नेतृत्वमा ७ सदस्यीय कमिटीको निर्माण गरिएको छ भने बुद्धीजिवी परिसदमा शेरबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय कमिटीको निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटी खोटाङका उपाध्यक्ष देवबिक्रम राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार ००:००  १० : ३७ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली