८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका प्रमुख राईद्धारा प्रधानमन्त्री देउवासमक्ष पाँच बुँदे मागपत्र पेश

गाउँपालिका प्रमुख राईद्धारा प्रधानमन्त्री देउवासमक्ष पाँच बुँदे मागपत्र पेश



खोटाङ, ८ चैत । खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवम् नेपाली काँग्रेस- १ का समितिका महामन्त्री भूपेन्द्र राईले प्रधानमन्त्री देउवा समक्ष जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गर्नुभएको छ । सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा जोड्ने बाटोफेदीस्थित साप्सु खोलाको नवनिर्मित मोटररेवल पक्कि पुल उद्घाटन पश्चात कार्यक्रमलाई प्रमुख राईले सम्बोधन गर्दै प्रधानमन्त्री देउवा समक्ष पाँच बुदे माग पत्र पेश गर्नुभएको हो ।

गाउँपालिका प्रमुख एवम् महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालि- ४ खाल्लेको आहालेबाट सोहि गाउँपालिका हँुदै उदयपुर जोड्ने सडक कालोपत्रको लागि आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री देउवा समक्ष माग पत्र पेश गर्नुभएको हो । फोक्सिङ्टार पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुलहरु (धाप्लाङ्घाट र रानीटार)को निर्माणाधीन पक्की पुल यथाशीघ्र सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन र विद्युतीकरण हुन बाँकी जिल्लाका विभिन्न ठाउँहरुमा तत्काल विद्युतीकरण गराइदिन प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश गर्नुभएको हो ।

गाउँपालिका प्रमुख एवम् महामन्त्री राईले पेश गर्नुभएको मागपत्र ग्रहण गर्नुहुँदै प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्ष सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने धाप्लाङघाट र रानीटारको पुलको प्रधानमन्त्री देउवाले वि.सं. २०७४ सालमा शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार ००:००  ८ : २६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली