८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल वैङ्क लिमिटेड शाखा खोटाङद्धारा दिक्तेल बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम

नेपाल वैङ्क लिमिटेड शाखा खोटाङद्धारा दिक्तेल बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम



खोटाङ, २० चैत । नेपाल वैङ्क लिमिटेड जिल्ला शाखा खोटाङले वित्तिय साक्षरता कार्यक्रमको शुरुवात गरेको छ । शुक्रबार दिक्तेल बजारस्थित दिक्तेल बहुमुखी क्याम्पसमा नेपाल वैङ्क लिमिटेड शाखा प्रवन्धक कमल भुजेल र क्याम्पस प्रमुख हिराकुमार राईबाट संयुक्त रुपमा पानसमा बत्ति बालेर एक दिने वित्तिय साक्षरता कार्यक्रमको उद्घाटन गरेको हो ।

कार्यक्रमको औचित्य तथा उद्देश्यबारे प्रकाश पार्दै शाखा प्रवन्धक भुजेलले भन्नुभयो, “२१ औँ शताब्दीको जमनामा अर्थात प्रविधिको युगमा वित्तिय कारोवार अनिवार्य र अपरिहार्य बन्दै गएकाले वित्तिय कारोवार सम्बन्धी जानकारी आमनागरिकमा हुनु पर्दछ ।” आर्थीक बचतले दैनिक जिवनमा पुर्‍याउने सहयोग र वित्तिय साक्षरताले दिइने फाइदाका विषयमा बहुमुखी क्याम्पसमा अध्यानरत छात्रा तथा छात्रलाई डिजिटल कारोबारको विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बैंक लिमिटेडले हालै विद्यार्थीहरुको भर्चुअल सिकाइलाई सहयोग पुयाउने उद्देश्यले ल्याएको नयाँ निक्षेप खाता शुभज्ञान बचत खाताको बारेमा पनि प्रबन्धक भुजेलले चर्चा गर्नुभएको थियो । वित्तिय साक्षरता कार्यक्रममा चेकहरुका प्रकार, चेक काट्दा ध्यानदिनु पर्ने कुराहरु चेकमा मिती स्पष्ट भए वा नभएको बारेमा कसरी स्पष्ट हुनेगरी लेख्ने भन्ने विषयमासमेत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

मोबाइल बैङ्किङ इन्टरनेट बैङकिङ, क्यू आर कोड स्क्यिान कसरी गर्ने भन्ने बारे पनि विद्यार्थीहरुलाई सिकाइएको थियो । कार्यक्रम सञ्चालनगर्दै समग्र वैङ्किङ विकास तथा बचत रणनितीका विषय बस्तुमाथि जानकारिदिदै विद्यार्थीहरुलाई तोखाहाङ राईले प्रस्ट पार्नुभएको थियो भने डिजिटल वैङ्क सम्बन्धी चर्चा मनिता बरालले गर्नुभएको थियो । विद्यार्थीहरुलाई धितो पत्र र बिमा (इन्सोरेन्स)का विषयमा उमेश धिमालले चर्चा गर्नुभएको थियो ।

साक्षरता कार्यक्रममा बहुमुखीका क्याम्पसका प्राध्यापकसहित ३५ कर्मचारीको उपस्थिती रहेको थियो भने दुई सय विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको शाखा प्रवन्धक भुजेलले जानकारी दिनुभयो। नेपालमा बैंकिङ क्षेत्रको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेड हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार ००:००  १ : ५२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली