८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका दश वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङका दश वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना



खोटाङ, ८ वैशाख । नेपाल सरकारले आगामी वैशाख-३० गते देशभर एकैसाथ गराउन लागेको स्थानीय तह निर्वाचनलाई सफल बनाउन खोटाङका दश वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका छन् । बिहीबार दिक्तेल बजारस्थित जिल्ला अदालतमा जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभएको हो ।

समग्र जिल्ला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्वाचन सम्वन्धी गतिविधि सञ्चालन गर्ने गरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्लामा निर्वाचन कार्यालयले चुनावी तयारीलाई तीब्रता दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिस मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ । बिहिबार एकैसाथ जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यले बताउनुभयो ।

निर्वाचनलाई सफल बनाउन दश वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी शसत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान आयोगको टोलिलाई समेत परिचालन गरिएको छ भने निर्वाचन सूरक्षाका लागि प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सूरक्षा व्यावस्था कडाई गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी फनिन्द्र दाहाले जानकारी दिनुभयो ।

आयोगबाट हुनु पर्ने सम्पूणर् कामहरु सम्पन्न भएको छ भने निर्वाचनका लागि निर्वाचन समाग्रीहरु समेत मतदानस्थलमा पठाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका कार्यालय प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् । जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत रहेका छन् ।

निर्वाचनको तयारीसँगै प्रमुख राजनीतिक दलहरुमा सम्भावित उम्मेदवारबारे चर्चा र लबिङ सुरु भएसँगै नगरपालिका तथा गाउँपालिकाको प्रमुखमा टिकट पाउन मुख्य दलका स्थानीय नेताहरुबीच जोडघटाउ सुरु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन् । निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार ००:००  १ : ४५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली