८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा राई सर्वसम्मत चयन

एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा आचार्य र उपमेयरमा राई सर्वसम्मत चयन



खोटाङ । नेकपा (एमाले) ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राई सर्वसम्मत चयन गरेको छ । नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटी खोटाङलाई सिफारिस गरेको थियो । नगर कमिटीको निर्णय अनुमोदन गर्दै जिल्ला कमिटीले समेत प्रदेश कमिटीलाई सोही नाम सर्वसम्मत सिफारिस गरेको छ । जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले टिकट दिने निर्णय गर्नेछ ।

यस नगरमा सर्वसम्मत उम्मेदवार चयन गर्नका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र उपसचिव सुरेन्द्र राई रहनुभएको थियो ।

कार्यदलको सिफारिसमा जिल्ला कमिटीले निर्णय गरेर सर्वसम्मत उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाएको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिनुभयो । मेयर पदमा सर्वसम्मत उम्मेदवार चयन आचार्य जिल्लाको प्रतिष्ठित राजनीतिज्ञ हुनुहुन्छ । जिल्ला कमिटी सचिव समेत रहनुभएका आचार्य यसअघिको चुनावका लागि समेत मेयर पदको दावेदार हुनुहुन्थ्यो ।

जिल्लाको पुरानो सक्रिय नेताको रुपमा चिनिनुभएको आचार्य मेयर पदमा उम्मेदवार बन्दा एमालेले जित हासिल गर्ने आँकलन गरिएको छ । उपमेयर विणादेवी राई अहिलेको उपमेयर हुनुहुन्छ । पहिलो कार्यकालमा विकासप्रेमी नेतृको रुपमा पहिचान बनाएकाले एमालेले उहाँलाई नै उपमेयरको रुपमा दोहो¥याउने निर्णय गरेको हो । यो निर्णयसँग अहिलेदेखि नै नेकपा (एमाले) खोटाङका नेता, कार्यकर्ता, सुभेच्छुकहरु खुशी भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार ००:००  ११ : ०६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली