२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को हुन् कुमार आचार्य ? आखिर किन सूर्यमा मतदान ! यो छ कारण

को हुन् कुमार आचार्य ? आखिर किन सूर्यमा मतदान ! यो छ कारण



खोटाङ, १७ बैशाख । जिल्लाको सदरमुकाममा पर्ने साबिकको दिक्तेल गाउँ विकास समिति वडा नम्बर – १ बैयूँमा बुबा रघुनाथ आचार्य र आमा रुकमिनी आर्चायको कोखबाट माइलो सन्ताको रूपमा वि.सं.२०२४ साल भदौ २४ गते जन्म भयो । बाल्यकालदेखि अध्ययन प्राथमिक तहमा सरस्वति प्रा.वि पोखरी र पन्च माध्यमिक विद्यालय दिक्तेलहँुदै माध्यमिक तहमा सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्नुभयो ।

अध्ययनकै क्रममा विद्यार्थी राजनीति अनेरास्वयूमा होमिनुभएका आचार्य वि.सं.२०४४ सालमा दिक्तेल बजारमा पोष्टरिङ गर्ने क्रममा प्रहरीले पक्राउ गर्‍यो । पक्राउ पश्चात आचार्यलाई प्रहरीले हिरासतमा राखि तत्कालीन अञ्चालाधीशको कार्यालय राजबिराजबाट २२ दिन तारिखमा छुट्नु भएको थियो । भूमिगत कालमै पार्टी सम्पर्कमा रही पार्टी सदस्यता प्राप्त गर्नुभएका आचार्य वि.सं. २०४६ सालको जन-आन्दोलन पश्चात वि.सं.२०४७ सालदेखि वि.सं.२०५२ सालसम्म तत्कालीन दिक्तेल गाउँ कमिटीको पार्टी प्रमुखको रूमा रहेर काम गर्नुभयो । पार्टीका विभिन्न कमिटी हँुदै वि.सं.२०५२ सालमा नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

विभिन्न सङ्घ संस्थाहरूमासमेत नेतृत्व सम्हाल्दै आउनुभएका आचार्य नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङमा कोषाध्यक्ष, खोटाङ उद्योग वाणिज्य सङ्घको सदस्य पदमा निर्वाचित भएर आमनागरिको हितमा इमान्दार भएर काम गर्नुभएको बजारबासिले बताएका छन् । वि.सं. २०४८ सालदेखि पेशाको रूपमा निर्माण व्यवसायमा आवद्ध रही जिल्लाका अधिकांश ठाउँहरूमासमेत विकास निर्माणका कामहरूसमेत गर्नुभयो ।

निर्माण व्यवसायी सङ्घ खोटाङको मूल नेतृत्व

वि.सं.२०५६ सालदेखि २०६६ सालसम्म नेपाल निर्माण व्यवसायी सङ्घ खोटाङको मूल नेतृत्व सम्हाल्दै निर्माण व्यवसायी महासङ्घ केन्द्रीय सदस्य पदमा निर्वाचितसमेत हुनुभएको आचार्य वि.सं.२०४८ सालको कर्मचारी आन्दोलनमा साहदत प्राप्त गर्नुभएका सहिद मनोज जोशीको स्मृति प्रतिष्ठान खडा गरी सो प्रतिष्ठानको मूल नेतृत्वको जिम्मेवारी हालसम्म पनि सम्हाली राख्नुभएको छ । सरस्वती माध्यमिक विद्यालय दिक्तेलको विद्यालय व्यवस्थापन समिति सदस्यको रूपमा वि.सं.२०७४ सालदेखि २०७७ सम्म अनवरत रूपमा काम गर्नुभयो ।

यस्तै, दिक्तेलस्थित माउन्ट एभरेष्ट इङ्ग्लिस बोर्डिङ स्कूलको संस्थापकको रूपमा वि.सं. २०५४ सालदेखि २०६३ सालसम्म रही स्कूललाई योगदान गर्नुभयो । हाल जिल्ला अस्पताल खोटाङको व्यवस्थापन समितिको सदस्यमा चयन भई हालसम्म निरन्तर अस्पतालको काम गर्दै आइरहनुभएका आचार्य दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्यमा काम गर्दै आइरहनुभएको छ । वि.सं.२०७२ सालमा नेकपा (एमाले) जिल्ला कमिटी खोटाङको उप-सचिवसमेत रहनुभएका आचार्य (एमाले) खोटाङको साताँै जिल्ला अधिवेशनबाट उहाँ जिल्ला सचिवको पदमा निर्वाचित भएर काम गरिरहनु भएको छ । राजनीतिसँगै समाज सेवामा तल्लिन आचार्य विहान उठेदेखी बेलुका सुत्नेबेला पनि पार्टीको काममा अनवरत रूपमा खटिरहनु भएको छ ।

समग्र जिल्लाबासि जनताका समस्याको समाधान

जनताका हरेक समस्याको समाधान गर्ने पहिलो व्यत्तिको रूपमा पनि चिन्न सकिन्छ आचार्यलाई । प्रहरीमा सिफारिस लिन होस् या प्रशासनमा नागरिकता लिन होस्, विहान होस् या राति १२ बजे नि किन नहोस जनतालाई समस्या पर्दा नगरबासी मात्र नभर समग्र जिल्लाबासी नै पहिलो पटक आचार्यसमक्ष आउने गर्छन् । उहाँले जनताको पीर मार्कालाई कानुनत् सहज तरिकाले काम गर्नका लागि सम्बन्धीत निकायासँग पहल गरी समस्याको समाधान गरिरहनुभएको जिल्लाबासी बताउँछन् ।

धैरे जसो जिल्लाको जनता विरामी परेर अस्पताल ल्याउनु पर्‍यो या अस्पतालबाट रेफर गरेर हेलिकोप्टरमार्फत काठमाडाँै पठाउनु पर्‍यो भने पहिलो फोन उहाँलाई आउछ, “ कुमार जि हामी समस्यामा पर्यौ ! लुन सहयोग गर्नु पर्‍यो भनेर उहाँ कुनै झन्झट नगरि हस् हुन्छ भनेर समाधान गरि छाड्नु हुन्छ ।”

ऋण खोजेर पनि समस्याको समाधान

कतिपय अबस्थामा त गरिव दुखी जनताको पैसा नहुदा ऋण खोजेर पनि समस्याको समाधान गरिदिनु हुन्छ । अरु सबै नेताहरू जिल्लामा नरहे पनि कुमार भए जिल्लामा काम हुन्छ । हामी बाहिरी काममा लाग्नु पर्छ भनेर पनि एमाले नेताहरू कुमारको भरमा पार्टीको काम छोडेर ढुक्कसगँ आफ्नो काममा लाग्नु हुन्छ । सबै गुणले भरिपूणर् कुमार विगत ३० वर्ष देखि निरन्तर पार्टीको काममा तल्लिन हुनुहुन्छ । सामान्य किसान परिवारमा जन्मनु भएका आचार्यको जीवनशैली पनि सामान्य नागरिकको जस्तो छ ।

सबैका मन मस्तिष्कमा बस्न सफल आचार्य २०७४ सालकोे स्थानीय तहको निर्वाचनमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदको दाबेदार हुनु हुन्थ्यो । पार्टीले जसलाई टिक दिन्छ म स्वीकार्छु ! सहयोग गर्छु भनेर जिल्लामै बस्नु भयो । तर, उहाँको टिकट आएन अहिलेका मेयर दिपनारायण रिजालले टिकट ल्याउनु भयो । तर, उहाँ कुनै विचलित नभई आफ्नो टिमलाई जिताउन लाग्नु भयो र पाँच वर्ष पार्टी सफल बनाउन लाग्नु भयो । त्यसैको फलस्वरूप अहिले नेकपा (एमाले)ले उहाँको योगदानको उच्च मूल्याङ्कन गरेर मेयर पदमा उम्मेदवार बनाएको छ ।

उहाँको उम्मेदवारी हेभी वेटको छ । जिल्लामा पाँच दलीय गठबन्धन छ । तर, पनि (एमाले) भने गठबन्धन भन्दा बलियो देखिएको छ । सिङगो दिक्तेल रुपाकोट मझुवागढी नगरवासी पनि उहाँको नेतृत्वमा सम्मृद्ध नगर सुखि नगरवासी बनाउने सपना छ । त्यो सपना पुरा गर्न हेभी वेटका आचार्यलाई सूर्य चिन्हमा मतदानगरी एक पटक जिताउन जरुरत छ । विकास र समृद्धिको खाका कोर्न एमालेलाई अत्याधिक बहुमतले विजयी गराऔँ । प्रायोजित

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार ००:००  १ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली