८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षमा निर्वाचित भए पारिश्रमिक लिन्न : पोखरेल

अध्यक्षमा निर्वाचित भए पारिश्रमिक लिन्न : पोखरेल



खोटाङ, २४ बैशाख । नेकपा (एमाले) को तर्फबाट रावाबेँसी गाउँपालिकामा अध्यक्षका उम्मेदवार हरिकुमार पोखरेलले आफु निर्वाचित भए पारिश्रमिक नलिने घोषणा गर्नुभएको छ । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नेक्रममा उम्मेदवार पोखरेलले अध्यक्षमा निर्वाचित भए पारिश्रमिकलाई सामाजिक काममा खर्च गर्ने घोषणा गर्नुभएको हो ।

पोखरेलले आफु अध्यक्षमा निर्वाचित भएको खण्डमा आफुले पाउने पारिश्रमिकलाई कोषमा जम्मा गर्ने व्यवस्था मिलाएर गाउँपालिका भित्रका दलित, माझी जस्ता पिछडिएको वर्गको शिक्षा तथा स्वास्थ्य उपचारमा खर्च गर्ने बताउनुभएको हो । सो पालिकामा (एमाले) बाट उपाध्यक्षमा कौशिला गुरुङले उम्मेदवारी दिनुभएको छ ।

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्षमा (एमाले)का लिलानाथ निरौला र उपाध्यक्षमा समला राई विजयी हुनुभएको थियो । निरौला र राई हाल पोखरेल र गुरुङको पक्षमा जनमत जुटाउन चुनावी अभियानमा होमिनु भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ००:००  ११ : ११ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली