८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित नगरप्रमुख बिमला राईका पाँच बुँदे योजना

नवनिर्वाचित नगरप्रमुख बिमला राईका पाँच बुँदे योजना



खोटाङ,१० जेष्ठ । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले नगरपालिकाको विकास र समृद्धिका लागि पाँच बुँदे योजना अघि सार्नु भएको छ ।नगर योजना आयोग गठनदेखि कृषि, पर्यटनका माध्यमबाट नगरवासीलाई स्वरोजगार बनाउनेसम्मका योजना अघि सार्नुभएको हो ।

यस्ता छन् पाँच बुँदे योजना

१. नगर योजना आयोग गठन, विज्ञ समुहद्धारा नगर स्तरिय सम्पदा तथा संस्कृति संरक्षण परिषद गठन सम्बन्धी अवधारणा विकास गर्ने ।

२. नागरिकमाथि शासनका लागि प्रशासन होइन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने ।

३. प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभुत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरूवात गर्ने ।

४. नगरपालिकाभित्रका एकल महिला, एकल पुरुष, विधवा, बिधुर, अपांगता भएका व्यक्ति र अभिभावक गुमाएका बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा गरी नगर अस्पतालमार्फत सेवा प्रदान र ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा प्रदान गर्ने ।

५. नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराई कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  ६ : ५४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली