८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६३ वर्षीय दाहाल मृत अवस्थामा फेला, प्रहरी कै अगाडी मृतकको मोबाइल हरायो ?

घटना शंकास्पद रुपमा देखिएको छ । के हत्या भएको हो त ?

६३ वर्षीय दाहाल मृत अवस्थामा फेला, प्रहरी कै अगाडी मृतकको मोबाइल हरायो ?

घटना शंकास्पद रुपमा देखिएको छ । के हत्या भएको हो त ?



खोटाङ, १३ जेष्ठ । खोटाङमा सुतिरहेको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका ६३ वर्षीय मणिराम दाहाल दिक्तेलबजारस्थित हाटडाँडा छितिज बहुदेश्य सहकारीको कार्यालमा शुक्रबार विहान सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरी घटनास्थल पुगेर मृतक दाहालको शरजिमिन मुचुल्का तयार पार्दे गर्दो सेल फोन(मोबाइल) घटनास्थलबाटै हराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सेल फोन (मोबाइल) हराएको बारे प्रहरीले खोजि कार्य तिब्र पारेको छ । यसरी प्रहरी प्रशासनकै आखा अगाडी मृतक दाहालको फोन हराउनुले प्रहरी प्रशासन माथी नै स्थानीयवासिले प्रश्न उठाएका छन् । मृत अवस्थामा फेला परेका दाहालको हत्या भएको हुन सक्ने स्थानीयवासिन्दा भोजराज अधिकारीले बताउनुभयो ।

मृतकको नाइटो भन्दा माथी माथिल्लो शरिरको भागमा निलो देखिएको छ । दुई औटै आँखा सुन्निएको छ भने उहाँको अनुहार चिन्न नै कठिनाई भएको छ । अधिकारीले भन्नुभयो, “उहाँ बस्ने दुई कोठा मध्ये एक कोठामा लिप पोत गरिएको छ, त्यहाँ र्‍यालसमेत चुहिएको देखिएको छ । मृतकको मुखबाट ब्लड आइरहेको देखिएको थियो । घटना शंकास्पद रुपमा देखिएकाले घटनालाई सुष्म ढङ्गबाट छानबिन गरिनुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ४ खाल्लेका नवनिर्वाचित वडा अध्यक्ष खगेन्द्र राईले बताउनुभयो । मृतक दाहाको शव वडा -१ का अध्यक्ष नवराज राई वडा-पाँच लफ्याङका वडा अध्यक्ष दिनेश घिमिरे र वडा-४ का अध्यक्ष राईले शरजिमिन मुचुल्कामा संयुक्त हस्ताक्षर गरेर शवलाई घटनास्थलबाट उठाइएको जनाइएको छ ।

मृतक दाहालको शव परीक्षण गर्नका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी शंकरप्रसाद चौधरीले बताउनुभयो । मृतक दाहालको हत्या वा मृत्यु भएको बारे शव परीक्षण पश्चात थाहा हुने बताइएको छ । घटानबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ । मृतकको शव परीक्षण भने उनका छोरा आइसकेपछी मात्र हुने जनाइएको छ । मृतक दाहाल छितिज बहुदेश्य सहकारीका अध्यक्ष एवम् नेपाली कांग्रेस खोटाङका क्षेत्रिय प्रतिनीधि समेत हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ००:००  ५ : ५१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली