८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस युनियन स्थापना दिवस, खोटाङमा पत्रकारको आँखा जाँच

प्रेस युनियन स्थापना दिवस, खोटाङमा पत्रकारको आँखा जाँच



खोटाङ, १३ जेष्ठ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा खोटाङका पत्रकारहरूको निःशुल्क आँखा जाँच गरेर चश्मा वितरण गरिएको छ। प्रेस युनियन जिल्ला शाखाको आयोजना तथा नेत्र ज्योति संघ दिक्तेल र आँखा उपचार केन्द्रको संयोजनमा जिल्लाका सम्पूणर् पत्रकारहरूको आँखा जाँच गरेर चश्मा वितरण गरिएको हो।

दिवसका अवसरमा शुक्रबार आँखा उपचार केन्द्र दिक्तेलमा २४ जना पत्रकारहरूले आँखा जाँच गराएका छन्। १३ जनालाई चिकित्सकको सल्लाह अनुसार चस्मा वितरण गरिएको प्रेस युनियनका सचिव चिसाङ शेर्पाले जानकारी दिए। शेर्पाका अनुसार ४ जनाले आँखाको औषधि लगेका छन्।

२४ सैं घण्टा कम्प्युटर र मोवाइलमा समाचार लेखनमा खटिएका पत्रकारहरूको आँखाको स्थिति कस्तो छ, उहाँहरुले आँखाको सुरक्षाका लागि चस्मा लगाउनु पर्ने वा नपर्ने भनेर बुझ्नका लागि स्थापना दिवसको अवसर पारेर आँखा जाँच तथा चस्मा वितरण कार्यक्रमको आयोजना गरिएको प्रेस युनियनका अध्यक्ष उत्तम चौलागाँईले बताए। कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रेस स्वतन्त्र सेनानी कृष्ण आचार्य, पत्रकार हरिबोल आचार्य, उजुर राई, भिम राई, दमन राई लगायतका पत्रकारले आँखा जाँच गरेर आवश्यकता अनुसार चस्मा लिनुभएको छ।

जनताका लागि दैनिक सूचना तथा समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारहरुको आँखाको अवस्था चेकजाँच गर्ने र चस्मा वितरण गर्ने अवसर पाउँदा खुशि लागेको नेत्र ज्योति संघका सभापति ईन्द्र कसजु श्रेष्ठले बताए। सवारी चालक, कारागारका कैदीबन्दी, ज्येष्ठ नागरिकहरुको पनि आँखा जाँच कार्यक्रम अगाडी बढाउने तयारी भईरहेको श्रेष्ठले सुनाए।

नेत्र ज्योति संघका अनुसार जिल्लाभर १ हजार ५४२ जना दृष्टि विहिन, २ हजार ६२२ मोतिविन्दुका् समस्या भई अप्रेशन गर्नुपर्ने, ५ हजार ३८१ जनाले तत्काल चस्मा लगाउनुपर्ने र चस्माका लागि रिफर गरिएका संख्या २७ हजार रहेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार ००:००  ६ : २३ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली