९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवनिर्वाचित जनप्रतिनिधिहरूको परिचयात्मक कार्यक्रम

नवनिर्वाचित जनप्रतिनिधिहरूको परिचयात्मक कार्यक्रम



खोटाङ,१७ जेष्ठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको परिचयात्मक कार्यक्रम गरेको छ । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको परिचयात्मक कार्यक्रम गरेको नगरपालिकाले जनाएको छ ।

मंगलबार दिक्तेलबजारस्थित नगरपालिकाको सभाहलमा दिउँसो १ बजेबाट शुरू गरिएको परिचयात्मक कार्यक्रममा १५ वटा वडाका जनप्रतिनिधिहरूले आफ्नो परिचय दिएका थिए । सो कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अबिर लगाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा विकास निर्माण सम्बन्धि समेत जनप्रतिनिधिहरूसँग अनौपचारिक रुपमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार ००:००  ३ : ०६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली