८ श्रावण २०८१, मंगलबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घर-घरमा शुद्ध खानेपानी पाएपछि स्थानीय हर्षित (भिडियोसहित)

घर-घरमा शुद्ध खानेपानी पाएपछि स्थानीय हर्षित (भिडियोसहित)



खोटाङ, ८ असार । हलेसी तुवाचुङ नगरपालिका -९ सल्लेका नागरिकहरू लामो समयदेखी खानेपानी पिउनबाट बञ्चित थिए तर यस वर्ष भने उनीहरुको सपना बिपना परिणत भएको छ । गुरुङ धारा खानेपानी योजना सम्पन्न पछि घर-घरमा शुद्ध खानेपानी आएपछि वर्षौ देखिको खानेपानीको समस्या अन्त्य भएको हो ।

गुरुङ धारा खानेपानी योजना सञ्चालनमा आएपछि सल्लेमा खानेपानीको समस्याको समाधान भएको छ । सल्लेको एक विद्यालयसहित माथिल्लो राईटोल र तल्लो राईटोलका ३२ घरधुरी लाभान्वित भएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयको ४५ लाख रुपैयाँको लागतमा निमाणर् गरिएको मिटर जडित खानेपानी योजना सम्पन्न भएको हो ।

भिडियो :

घर-घरमा शुद्ध खानेपानी पाएपछी स्थानीय हर्षित

https://youtu.be/PnEGwQ4a10I

जिडव्लुएसको सहयोगमा बनेको पुरानो खानेपानी आयोजना जिणर् भएकाले गाँउमा पानीको हाहाकार भएको थियो । लामो समय देखिको पानीको ठूलो समस्या थियो, पुरानो योजनाका केही धारा थिए । तर माथिल्लो टोल र तल्लो टोलका बासिन्दाले त्यहि पानी पिउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । बृहत्पम्पिङ खानेपानी आयोजना ठेकेदारको लापरवाहीको कारण अलपत्र हुदाँ आयोजनामार्फत बाहुनीडाँडाको लिलिमाबेसीँबाट डिकुवाको भुम्जुडाँडा र सल्लेको महादेबेँसीबाट महादेवस्थानको काभ्रेडाडासम्म पम्पिङ गरेर सात वटा वडाका करिब ३८ सय २५ घरधुरीका नागरिकहरू शुद्ध खानेपानी पिउनबाट बान्चित भएका छन् ।

धारामा पानी भर्न, नुहाउन, कपडा धुन र गाइबस्तुलाई खुवाउनसमेत पानीले पुग्दैन थियो । माथिल्लो टोलका स्थानीयले पाइप चुडाएर लैजाँदा तल्लो टोलमा पानीको हाहाकार हुन्थ्यो त्यहि पानीकै निहँमा गाउँले बीच झगडा समेत हुने गरेको थियो तर नयाँ गुरुङ धारा खानेपानी योजना अन्तरगत घर-घरमा शुद्ध खानेपानी आएपछि वर्षौ देखिको खानेपानीको समस्या अन्त्य भएको स्थानीयबासीहरू बताउँछन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ००:००  २ : ३९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली