११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढी : ८६ करोड ३ लाख बजेट प्रस्तुत

दिक्तेल रुपाकोट मझुवागढी : ८६ करोड ३ लाख बजेट प्रस्तुत



खोटाङ, ११ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु ८६ करोड तीन लाख ७७ हजार बराबरको बजेट तथा कार्यक्रम पेश गरेको छ । नगर उपप्रमुख विशन राईले शुक्रबार प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रममा चालुतर्फ अनुमानित रु ६१ करोड ३९ लाख ३६ हजार र पुँजीगततर्फ रु २४ करोड ६४ लाख ४१ हजार बजेट उल्लेख छ ।

सङ्घीय सशर्त अन्तरगत चालुतर्फ रु ४१ करोड ६१ लाख र पुँजीगततर्फ रु चार करोड ९७ लाख, सङ्घीय विशेष अनुदानबाट सञ्चालित आयोजनाका लागि रु एक करोड ८५ लाख विनियोजन गरिएको छ । यस्तै, सङ्घीय समपुरकबाट सञ्चालित योजनाका लागि रु ४० लाख, प्रदेश समपूरकबाट सञ्चालित आयोजनाका लागि रु एक करोड, प्रदेश सशर्त अन्तरगत चालुतर्फ रु ३३ लाख २३ हजार र पुँजीगततर्फ रु ६६ लाख ९३ हजार बजेट विनियोजन गरिएको उपप्रमुख राईले जानकारी दिनुभयो ।

सङ्घीय तथा प्रदेश सरकारसँगको सहलगानीमा निर्माणाधिन र निर्माण हुने योजनाका लागि रु एक करोड ४४ लाख ८६ हजार बजेट विनियोजन गरिएको छ । यस्तै, नगरको प्रशासनिक खर्चतर्फ रु १३ करोड ७५ हजार, कार्यक्रम सञ्चालन खर्च रु तीन करोड २४ लाख, वडागत पुँजीगत योजनाका लागि रु चार करोड ७५ लाख ५० हजार, वडागत चालु खर्चतर्फ रु एक करोड ४६ लाख र क्रमागत ठूला आयोजनाका लागि रु तीन करोड आठ लाख बजेट विनियोजन गरिएको छ ।

वडामा विगतको तुलनामा पुँजीगततर्फ रु छ लाख र चालुमा रु एक लाख थप बजेट पठाइएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख तीर्थराज भट्टराईले नगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले ‘शासक होइन सेवक बनौँ, स्वाबलम्बी र पारदर्शी भइ समृद्ध बनौँ’ भन्ने सुशासनको नीतिलाई व्यवहारमा उतार्ने प्रण गरेको छ । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले नगरलाई सर्वपक्षीय दृष्टिकोणबाट समृद्ध बनाउन ‘नगर हाम्रो प्राण– नगर हाम्रो शान, नगरमै छ जीन्दगी–विकासमा छ ध्यान’ भन्ने नीति लिएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार ००:००  ५ : ०६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली