११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र समाप्त पारे : एमाले प्रमुख सचेतक भट्टराई

अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र समाप्त पारे : एमाले प्रमुख सचेतक भट्टराई



खोटाङ,१८ असार । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र समाप्त पारेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले संचालन गरेको ‘नाफिज संवाद’मा परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभावका विषयमा बोल्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र पुर्ण समाप्त पार्नुभएको बताउनुभएको हो ।

प्रमुख सचेतक भट्टराईले भन्नुभयो, ‘यस वर्षको बजेट स्वागत गर्ने एक जना मात्रै हुनुहुन्छ । उहाँबाहेक अन्य केही पनि छैनन्’ । चाउचाउ उद्योगलाई लाग्ने कच्चा पदार्थ भन्सार छुट गरियो । कर छुट गरियो । त्यसबाहेक अन्य केही छैन ।’ आगामी वर्षको बजेटबाट ७०० सय ५० वटा वस्तुको करका दर परिवर्तन गरिएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘नेपाल आयल निगममा निजी क्षेत्र घुसाउने योजना बनिरहेको छ ।

यसबाट नेपालको तेल बिक्रीमा निजी क्षेत्रको हातमा जाने स्थिती छ ।’ यी गतिविधिबाट सरकार केही निजी क्षेत्रलाई पोस्न तम्तयार भएको पुष्टि हुने । यसैगरी, बजेट बनाउने अघिल्लो दिन मन्त्रालयमा अपरिचितलाई घुसाएको निँहुमा अर्थमन्त्रीले राजिनामा दिनुपर्ने भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार ००:००  २ : २० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली