११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढीको ‘विपद तथा राहत कोष’

केपिलासगढीको ‘विपद तथा राहत कोष’



खोटाङ,२२ असार । केपिलासगढी गाउँपालिकाले ‘विपद तथा राहत कोष’ खडा गर्ने भएको छ। प्राकृतिक विपत्तीमा परेकाहरुलाई उद्धार र सहयोग पु¥याउने उद्देश्यले कोष खडा गर्ने भएको हो।

सोमबार बसेको कार्यपालिकाको बैठकले पालिकाले छुट्टै कोष खडा गर्ने निर्णय गरेको छ। बर्खायाममा अधिकांश गाउँपालिकाका वडाहरुमा बाढी, पहिरोबाट मानिसहरु विस्थापित हुने गरेकाले उहाँहरुको सहयोगका लागि कोष खडा गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारीदिनुभयो।

खडा गरिएको कोषमा गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट तत्काल दुई लाख जम्मा गरिने छ। सबै जनप्रतिनिधिहरूको एक दिनको सेवा सुविधा जम्मा गरिने र कर्मचारी, शिक्षक लगायत सबैलाई कोषमा सहयोग रकम जम्मा गर्न अनुरोध गरिने तथा गाउँपालिका भित्रका उधोगी, व्यापारी, देश विदेशमा रहेकाहरुलाई कोषमा सहयोग गर्न आग्रह गरिने गाउँपालिका अध्यक्ष राईको बताउनुभयो।

कोषको संयोजक गाउँपालिका अध्यक्ष र सचिव प्रमुख प्रशासकीय अधिकृत हुनेछ । अन्य जनप्रतिनिधिहरु सदस्य हुनेछन्। कोष सञ्चालनका लागि तत्काल कार्य विधि तयार गरिनेछ।

कोष खडा गरेर बैंक खाता खोले लगत्तै सहयोगका लागि दाताहरुलाई आव्हान नै गरिने गाउँपालिका अध्यक्ष राईले जानकारीदिनुभयो।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार ००:००  ६ : ३८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली