११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश -१ को नाम किराँत प्रदेश राख्न माग गर्दै यायोक्खाले आज दिक्तेलबजारमा जनप्रदर्शन गर्ने

प्रदेश -१ को नाम किराँत प्रदेश राख्न माग गर्दै यायोक्खाले आज दिक्तेलबजारमा जनप्रदर्शन गर्ने



खोटाङ,६ साउन । किराँत राई यायोक्खा खोटाङले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्न माग गर्दै जन प्रदर्शनको तयारी गरेको छ। यायोक्खाले शुक्रबार (आज) दिक्तेलबजारमा जनप्रदर्शनको तयारी गरेको हो।

प्रदेश १ को नामांकन पेचिलो बन्दैगएको अवस्थामा यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश-१ को नामाकरण किराँत गर्नुपर्ने पक्षमा जनदवाव सिर्जना गर्नका लागि ¥यालीले बजार परिक्रमा, कोणसभा लगायतका रचनात्मक कार्यक्रमको तयारी गरेको जानकारी दिएका छन्।

बजार परिक्रमाका क्रममा चोक–चोकमा कोणसभाको आयोजना गरिने र विभिन्न वक्ताले सम्बोधन गर्ने यायोक्खाले जनाएको छ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामाकरण किराँत प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ। ‘यसै सन्दर्भमा प्रदेश सरकारको पहिलो अवधि समापन हुनै लाग्दा नामांकनको बहस तिव्र रुपमा चलिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘किराँत राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार एक नम्बर प्रदेशको किराँत प्रदेश नामांकन गराउन निर्णायक आन्दोलन र विविध दवावमुलक कार्यक्रमको आयोजना गरिएको हो।’

निर्वाचन भएको पाँच वर्ष बित्न लाग्दा समेत प्रदेश-१ को नाम नामाकरण हुन सकेको छैन।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार ००:००  ६ : २५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली