८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करार कर्मचारी :करार म्याद थप नगर्ने निणर्य विरूद्ध गाउँपालिको कार्यालय घेराउ

करार कर्मचारी :करार म्याद थप नगर्ने निणर्य विरूद्ध गाउँपालिको कार्यालय घेराउ



खोटाङ, ९ साउन । खोटाङको जन्तेढुङ्गा गाउँपालिकाको कार्यालयमा नेकपा (एमाले) ले कार्यालय घेराउ गरेका छन् । वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका ८१ जना कर्मचारीको करार म्याद थप नगर्ने निणर्य विरूद्ध एमाले जन्तेढुंगा गाउँपालिका कमिटिले सोमबार (आज) बिहान दश बजेदेखि गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

एमालेका नेता तथा कार्यकर्ताले गाउँपालिकाका प्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई कार्यालयभित्र प्रवेश गर्न नमिल्नेगरी छेकेर बसेको बताएका छन् । करारका कर्मचारी नहटाउन भन्दै गाउँपालिकाका सबै वडा कार्यालयमा ताला बन्दी गरेको एमालेले गाउँपालिकाको कार्यालय घेराउ गरेको हो ।

गाउँपालिका प्रमुख अरूणादेवी राईका अनुसार नेकपा (एमाले) जन्तेढुङ्गा गाउँपालिका कमिटिले आज विहानदेखी कार्यालय परीषर घेराउ गरेका छन्। केही कर्मचारीहरू कार्याकक्षमा पुगि सक्नु भएको छ, पालिकामा आफ्नो काम लिएर आउनुहुने सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न भने दिइएको छैन् । प्रमुख राईले भन्नुभयो, “यस्ले झढप हुने सम्भावना देखाएको छ । हामीले प्रमुख जिल्ला अधिकारी र सूरक्षा निकायका प्रमुख प्रहरीलाई समेत जानकारी गराईसकेका छौँ, ।

सोमबार (आज) दिउँसो १ बजे पालिकाको पूर्व निर्धारित कार्यापालिका वैठ्क भएकाले वैठक शुरू हुनु भन्दा अगाढी नै वार्तामा बोलाउँदासमेत उहाँहरू दुईबजे पछि मात्र वार्तामा आउने भन्नुभएको छ । प्रमुख राईले भन्नुभयो । यसरी पालिका घेराउ गरिनुले सेवाग्रही सबैभन्दा बढी मर्कामा परेका छन् ।

यसअघि वडा कार्यालयहरूमा लगाइएको ताला बिना वार्ता र सहमती फोडेर खुलाइएकाले गाउँपालिकाको कार्यालय घेराउ गरिएको एमालेका जिल्ला कमिटि सचिवालय सदस्य शंखरबहादुर राईले जानकारी दिनुभयो । एमालेका नेता तथा कार्यकर्ता तीन घण्टाका लागि गाउँपालिकाको कार्यालय घेराउमा बसेका थिए तर बिहान ११.१५ बजे कार्यालय प्रवेश गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताउनुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार ००:००  १ : १६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली