११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्प: साकेला गाउँपालिकाका एकै वडाका २७ घरमा आमसिक क्षति

भूकम्प: साकेला गाउँपालिकाका एकै वडाका २७ घरमा आमसिक क्षति



खोटाङ,१५ साउन। आइतबार विहान ८:१३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्र विन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो।

भूकम्पपछि वडा-५ मा अनुगमन साथै क्षति विवरण सङ्गकलन गर्न पालिका प्रमुख रवीप्रकाश राई इन्जिनियर र जनपथ प्रहरीसहितको टोलि अनुगमनमा पुगेको थियो ।मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टरस्केलको भूकम्पले सोहि वडा मात्तिमविर्तामा २७ घर आमसिकरुपमा क्षति भएका छन् । भूकम्पपछि आएको अविरल वर्षाका कारण वडाका प्रत्येक घरको अनुगमन गर्न नसकिएको प्रमुख राईले बताउनुभयो । पालिकाको वडा-१,२,३ र ४ को क्षतिको विवरण सङ्गकलन कार्य भइरहेको र सोमबार सम्ममा क्षतिको विवरण आउने प्रमुख राईले बिरासत खबरलाई बताउनुभयो ।


भूकम्पपछि गाउँपालिका धेरै स्थानमा पहिरो गएको छ । उहाँले भन्नुभयो, “ अहिले सडकमा पहिरो गएका कारण यातायातका सवारी साधन पुर्णरुपमा बन्द हुँदा आवत-जावतमा समस्या भएको छ ।” भूकम्पपछी क्षतिको विवरण सङ्कलन गर्न पुगेका पालिका प्रमुख राईले जनतालाई सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

उता हलेसी तुवाचुङ नगरपालिकामा दुई वटा घर पुर्ण रुपमा क्षति भएको बताइएको छ । हामिलाई प्राप्त जानकारी अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खाल्लेस्थित डाँडाखर्कमा एक घरमा आमसिक क्षति भएको स्थानीयले बताएका छन् । भूकम्पले मानविय र पशुचौपायमा भने क्षति नपुर्‍याएको प्रशासनले बताएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ००:००  ९ : ५० बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली