११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पबाट भएको क्षति सम्बन्धित वडाका वडाध्यक्षहरूमार्फत निरिक्षण गराई नगरमा विवरण पठाउन प्रमुख भट्टराईको निर्देशन

भूकम्पबाट भएको क्षति सम्बन्धित वडाका वडाध्यक्षहरूमार्फत निरिक्षण गराई नगरमा विवरण पठाउन प्रमुख भट्टराईको निर्देशन



खोटाङ,१६ साउन । आइतबार बिहान ८:१३ मिनेट जाँदा खोटाङस्थित साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पपछि लगातार परेको अविरल वर्षाले गाउँ-गाउँमा बाढीपहिरोले पुग्न गएको क्षति प्रति दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अतिसंवेदनशील भएर विभिन्न ठाउँमा रोकिएका मुख्य राजमार्ग , सडक र बाटोघाटोलाई
सुचारू गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

नगरको साधन श्रोत र उपलब्ध उपकरणको व्यवस्थापन गरी वातावरण सहज बनाउनसमेत नगरपालिका प्रयत्नशील रहेको छ । प्रमुख भट्टराईले भन्नुभयो, “ प्राकृतिक प्रकोपबाट सुरक्षित भई सजग र सचेत रहन सबै नगरवासी नागरिकमा अनुरोध गर्दछु । भूकम्पबाट भएको क्षति सम्बन्धित वडाका वडाध्यक्षहरूमार्फत निरिक्षण गराई नगरमा विवरण पठाउनु हुन समेत आग्रह गर्नुभएको छ ।

विभिन्न सामाजिक सङ्घ संस्था , सुरक्षा निकाय , सरोकारवाला पक्षले आ-आफ्नो तर्फबाट सहयोगको हात बढाई असहज अवस्थालाई सहज तुल्याउन मद्दत गरिदिनुहुन प्रमुख भट्टराईले अनुरोध गर्नुभएको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण टिपाउन वा कुनै समस्या परेमा ९८४४८३०४८२, ९८५२८४९९०१,९८५२८२४१११ र ९८४०३०७९१९ नम्बरमा सम्पर्क समेत गर्नका लागि आग्रह गरिएको छ ।

विपद व्यावस्थापनलाई मध्यनजर गर्दै नगरले निजि तथा सरकारी विद्यालयलाई आज र भोलि विद्यालय बन्द गर्न समेत निर्देशन दिइएको जनाइएको छ । भूकम्पबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्कमा एक घर आमसिक रुपमा क्षति भएको स्थानीयले बताएका छन् । वडा -१४ वुइपामा एक घर पुर्ण क्षति भएको वडा अध्यक्ष दिनेश राईले बताउनुभयो । वडा -१५ विजयखर्कमा दुइ वटा घर पुर्ण रुपमा क्षति भएको वडा अध्यक्ष राम कटवालले जानकारीदिनुभयो । यस्तै, भूकम्पबाट सोहि नगरपालिकाको वडा-६ नेर्पामा एक घर पुर्ण क्षति भएको नगरपालिले जनाएको छ ।

वडा -९ निर्मलीडाँडामा तीन वटामा आमसिक क्षति र नौं वटा घरमा सामान्य क्षति भएको खबर प्राप्त भएको छ । वडा -७ दोर्पा चिउरीडाँडामा पाँच घर सामान्य क्षति भएको नगरप्रमुख भट्टराईका स्वकीय सचिव प्रकाश खतिवडाले बताउनुभयो ।

बाकिँ वडाहरूमा भने भूकम्पबाट भएको क्षतिको विवरण सङ्गकलन कार्य जारी नै रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ००:००  ९ : ३१ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली