११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ: जसपा अध्यक्ष थापासहित ३९ जनाले गरे पार्टी परित्याग

खोटाङ: जसपा अध्यक्ष थापासहित ३९ जनाले गरे पार्टी परित्याग



खोटाङ, ३० साउन । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंक थापासहित ३९ जना जिल्ला समिति र प्रदेश समिति सदस्यले पार्टी परित्याग गरेका छन्। जसपा केन्द्रीय नेतृत्वले पार्टीलाई शैदान्तिक, वैचारिक र सांगठनिक रुपमा विचलनको दिशातर्फ लगेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

सोमबार दिक्तेलबजारमा पत्रकार सम्मलेन गरी जसपा परित्याग गर्नेमा थापासहित केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, १ नम्बर प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समितिका अध्यक्ष टंकबहादुर थापा, उपाध्यक्ष तथा प्रदेश समिति सदस्य मनि राई, गिता श्रेष्ठ, नविन किशोर राई, बसन्ती राई, सचिव जिवराज पोखरेल, सहसचिव आशिस राई, कोषाध्यक्ष सावित्री राई, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई, जिल्ला सल्लाहकार सदस्य पंचशेर राई छन्।

सचिवालय सदस्य तथा समाजवादी युवा प्रदेश उपाध्यक्ष दिपककुमार तामाङ, सचिवालय सदस्य, प्रवचन राई, मनोज राई, युवराज अधिकारी, बाबुराम कार्की, शुसिला निनाम, जुलन राई, ध्यानकुमार राई, तिलक मुदेल, सरोज राई(हौचुर),सचिवालय सदस्य एवंम् ऐसेलुखर्क गाउँपालिका अध्यक्ष किशोर राई, जिल्ला सदस्य सविन राई, भुपराज राई, चित्रकुमार कार्की, विनोद राई, जितकुमारी परियार, भगवती चाम्लिङ, देवान राई, कुमार श्रेष्ठ,किरण राई(समाजवादी यूवा संघ जिल्ला सदस्य), सुजन राई, जिल्ला सदस्य तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्ष कृष्ण राईले पनि पार्टी परित्याग गरेका छन्।

दिप्रुङ चुईचुम्मा गाउँपालिका समिति सदस्य सन्तोष तामाङ, खार्मी र लफ्याङ वडा समिति अध्यक्ष सहित सबै, गैर भोगोलिक विशेष समिति सदस्य गजेन्द्र राई र गैर भौगोलिक विशेष समिति सदस्य तेन्जु तामाङले पार्टी त्यागेका छन्।

पार्टीको नीति र सिद्धान्त अनुरुप केन्द्रीय नेतृत्वले काम गर्न सकेन । पछिल्लो समयमा जसपा विघटनको दिशातर्फ गयो । पार्टीमा सामुहिक नेतृत्व, सामुहिक सहकार्य हुनुपर्र्ने थियो । थापाले भने, ‘पार्टीलाई विभिन्न गुट,उपगुट र व्यक्तिगत स्वार्थका आधारमा जिम्मेवारी दिने र खोस्ने गर्दा पार्टी संस्थाजस्तो भयो ।

मुलतः केन्द्रकै कारणले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ठूलो पंक्तिले जसपा त्यागेका हौ।’टंक थापा पार्टी परित्याग गरेर कुन पार्टी जानुहुन्छ भन्ने पत्रकारको प्रश्नमा भने, अन्य पार्टीमा जाने अथवा स्वतन्त्र रहने भन्ने विषय छलफलबाट टुङग्याईने थापाले बताएका छन्।

यस्तै, जसपाका केन्द्रीय सदस्यद्धय मदन राई र सुर्य राईले भने यसघघि नै जसपा परित्याग गरिसकेका छन्। उनीहरुले नेपाल समाजवादी पार्टीमा समेत नरहने बताएका छन्। जिल्लामा जसपाको ५३ सचिवालय सदस्य तथा छ जना केन्द्रीय सदस्य छ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार ००:००  १ : १२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली