६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण बढ्दै गएपछि शैक्षिक संस्था र वडातहसम्म एन्टिजेन परीक्षण गर्दै दिक्तेल नगरपालिका

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण नगरपालिकाभित्र बढिरहेको र सबैले उच्च स्वास्थ्य सर्तकता अपनाउनु पर्ने भएकाले आजबाट शैक्षिक संस्थाहरूमा एन्टिजेन परीक्षण गर्ने तयारी गरेको हो ।

बुधबार नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा पन्द्र वटा वडा रहेको यस नगरमा नगरका सम्पूर्ण वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुन्यप्रसाद सिग्देल लगायत सरोकारवालासहित बसेको बैठकले बिहीबारदेखि सरस्वती मावि, पञ्च मावि, दिक्तेल बोर्डिङ र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरेर एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जारी गरेको प्रेस विज्ञप्ति उल्लेख छ ।

बैठकले आवश्यकता अनुसार अन्य शैक्षिक संस्था लगायतका स्थानहरुमा परीक्षणलाई निरन्तरता दिने, जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा एन्टिजेन परीक्षणको दायरा वडा तहसम्म विस्तार गर्ने र आगामी तीन दिन भित्र आईसोलेसन निर्माण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

नगरपालिकाभित्र सञ्चालनमा रहेका नीजि औषधी पसलहरुलाई कोभिड महामारीको लागि आवश्यक पर्ने अत्यावश्यक औषधिहरु पर्याप्त मात्रामा संचित गर्न लगाउने, नगरपालिकाभित्र सवै सार्वजनिक कार्यालयहरुले जनस्वास्थ्यका मापदण्डहरू कडाईका साथ पालना गरी सेवा प्रवाह गर्ने÷गराउने, सार्वजनिक स्थलहरु, भिडभाड हुने स्थानहरुमा जाँदा मास्क, सेनिटाईजरको प्रयोग र दुरी कायम गर्न आग्रह गर्ने, विवाह, व्रतबन्ध, सभा, सम्मेलन, धार्मिक तथा सांस्कृतिक पर्व, उत्सवहरु मनाउँदा भौतिक दुरी कायम राख्दै मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गर्ने लगायतको निर्णय गरेको प्रवक्ता घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार ००:००  १० : २५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली