८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङमा खेलाडी छनोट शुरु

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : खोटाङमा खेलाडी छनोट शुरु



खोटाङ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विद्याका १५८ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभयो । तेक्वान्दोका २२ जना, टेबलटेनिसका चार, फुटबलका ३२ र ब्याडमिन्टनका सात जना खेलाडी बिहीबार र शुक्रबार सञ्चालन हुने छनोट प्रतियोगिताबाट छनोट हुने जनाइएको छ ।

यस्तै, भारोत्तलनका दुई, उसुका दश, बक्सिङका तीन, पौडीका दुई, शारीरिक सुगठनका एक र सफ्ट टेनिसका दुई खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागी जनाउने जनाइएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आगामी असोज-२८ गतेदेखि कातिक-३ गतेसम्म सञ्चालन हुने छन् ।

प्रतियोगिताका लागि खोटाङमा अहिले दिक्तेलस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा छनोट खेल सञ्चालन भइरहेको छ । नवौँ राष्ट्रिय प्रतियोगिताका लागि जिल्लास्तरीय छनोट तथा चौधौँ जिल्लास्तरीय कराते प्रतियोगिता प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गर्नुभएको छ ।

प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि नेपाल सितोरियो कराते सङ्घसँगको सहकार्यमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गरेको छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि खोटाङबाट सितोरियो करातेका २९ जना खेलाडी छनोट हुने आयोजकले जनाएको छ ।

जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीले आगामी भदौ-१६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् । सितोरियो करातेको प्रदेशस्तरीय प्रतियोगिता खोटाङमै हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार ००:००  ३ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली