८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ अटो लिङ्क प्रा.लि : ‘बजाज आधाको आधा’ २५ प्रतिशत डाउनपेमेन्ट मै बाइक

खोटाङ अटो लिङ्क प्रा.लि : ‘बजाज आधाको आधा’ २५ प्रतिशत डाउनपेमेन्ट मै बाइक



खोटाङ, २२ भदौ । बजाज कम्पनिले चाडपर्व लक्षित ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना ल्याएको छ । बजाज बाइकको नेपालस्थित आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीेले दशैं, तिहार र छठ लक्षित गरी ‘बजाज आधाको आधा’ ग्राहक योजना ल्याएको हो ।

कम्पनिको स्किम अनुसार खोटाङ जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कमा सञ्चालित बजाजको आधिकारित बिक्रेता खोटाङ अटो लिङ्क प्रा.लि.ले पनि दशैं, तिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरूलाई मोटरसाइकल बिक्री गर्ने भएको हो ।

उक्त योजनामा ग्राहकहरुलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाइक खरिद गर्न सक्ने छ भने ग्राहकले दैनिक किस्ता बन्दीमा फाइनाइस्को सुविधा उपलब्ध गराएको खोटाङ अटो लिङ्क प्रालिले जनाएको छ । बजाजले हरेक बाइकको खरिदमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको छ ।

दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित बजाजको शोरुमले ग्राहकलाई मोटसाइलक खरिद,मोटरसाइकलको स्पेयर्स, पाट्र्स तथा एसेसरिज खरिदका लागि सहज वातावरण बनाएको छ । शोरुममा दैनिक सातजना कर्मचारीले चौबीसै घण्टा ग्राहकलाई सेवा प्रवाह गरिरहेको प्रा.लि.का अध्यक्ष धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकल बिक्री वितरण गर्नुका साथै मर्मत सेवासमेत उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, सबैखाले समस्याको समाधान गरिनेछ ।”

वि.सं. २०७७ देखि बजाजको आधिकारिक बिक्रेता भई निरन्तर सेवा प्रदान गरिरहेको खोटाङ अटो लिङ्क प्रा.लिले जिल्ला स्थित हलेसीमा पनि गत १ असारबाट बजाजको नयाँ मोटरसाइकल बिक्री/वितरण गर्नुका साथै बजाज कम्पनिका मोटसाइकलको मर्मत गर्दै आइरहेको खोटाङ अटो लिङ्क प्रा.लिका सञ्चालक सरोज सैँजुले बताउनुभयो ।

अटो लिङ्क प्रालिले २०२० अप्रील १ भन्दा पछाडी २०२२ मार्च ३१ भन्दा अगाडी किनेको ग्राहकले ४९९९ मा ३ वर्ष वारेन्टी थप गर्न समेत पाउने भएका छन् । ग्राहकका लागि मोटरसाइकल एक्सचेन्जको सेवा पनि उपलब्ध गराएको बताइएको छ ।

बजाज दशैं तिहार अफर अन्तरगत नयाँ बाइक खरिदमा बाइको इन्जिमा पाँच वर्षे वारेन्टीसमेत रहेको जनाइएको छ । अटो लिङ्क प्रा.लीले बजाज कम्पनीका सबै मोडलका मोटरसाइकल बिक्री तथा मर्मत गर्दै आइरहेको सञ्चालक सरोज सैँजूले बताउनुभयो । चार्ड पर्वको अवसरमा खोटाङ अटो लिङ्क प्रालिले ग्राहकवर्गका लागि दिक्तेल र हलेसीमा सातै दिन सेवा दिने बताएको छ । यस कम्पनिमा बजाज कम्पनिबाट तालिम प्राप्त प्राविधिकबाट बाइकको मर्मत कार्य गर्दै आइरहेको छ ।

बाइक खरिद गर्नका लागि यी सम्पर्क नम्बरहरूमा कल गर्नुहोस ।
दिक्तेल : ०३६-४२०६९८, ४२०५९८, ९८५२८४९८८८ र ९८५२८४९७००
हलेसी : ०३६-४१००९१ र ९८६२८६७६५६

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार ००:००  ४ : ५२ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली