८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्याक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले दिए सामुहिक राजिनामा

व्याक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले दिए सामुहिक राजिनामा



खोटाङ । किराँत राई पत्रकार संघ खोटाङको नयाँ कार्य समिति चयन भएको दुई दिनमै उपाध्यक्ष र सचिबसहित ७ जनाले सामुहिक राजीनामा दिएका छन् । संघले बिहिबार दिक्तेलमा पाँचौं अधिवेशन गर्दै ११ जनाको नयाँ कार्य समिति चयन गरेको थियो । समिति चयन भएको २ दिन नबित्दै व्यक्तिगत स्वार्थले समिति चयन भएको भन्दै ७ जनाले विज्ञप्ती मार्फत शनिबार सामुहिक राजीनामा दिएका छन् ।

बिहिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पाँचौं अधिवेशनबाट असल चरित्रलाई किरात राई पत्रकार संघको अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा कृष्णकला राई, सचिवमा योगीन राई, सह–सचिवमा रेमन राई र कोषाध्यक्षमा मेनुका चाम्लिङ चयन भएका थिए । सदस्यमा क्रिष्टिना राई, जीवन चाम्लिङ, राई अशोक, एल्जीना राई, पवित्रा राई र सदिक्षा राई चयन भएको बताइएको थियो ।

त्यसको २ दिनमै उपाध्यक्ष कृष्णकला राई, सचिव योगीन राई, सहसचिव रेमन राई, सदस्यहरु एल्जिना राई, जीवन राई, मेनुका राई र पवित्रा राईले साुमहिक विज्ञप्ति निकाल्दै संघको कुनै जिम्मेवारीमा नबस्ने बताउदै पुनः अधिवेशन गर्न माग गरेका छन् । “किरात राई पत्रकार संघ जस्तो पवित्र संस्थामा अधिवेशनको समयमा व्यापक राजनीतिकरण गर्दै केही व्यक्तिको सनकका भरमा अधिवेशनबाट पदाधिकारी छनोट हुनु दुःखद हो भन्ने हाम्रो बुझाई छ ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्ने वा सर्वसम्मत हुन नसके वैकल्पिक उपायहरु खोजिनु पर्ने तथा चुनाव मार्फत नेतृत्व छानिनु पर्ने व्यवस्था हुँदा हुँदै केही व्यक्तिको नीजि स्वार्थका कारण आफ्नो र आफ्नो गोजीको मान्छेलाई नेतृत्वमा ल्याएको हामी कदापी स्विकार्न सक्दैनौँ ।” विज्ञप्तीमा लेखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ००:००  १० : १९ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली