११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रावाबेँसी गाउँपालिका :कल्लेरी खोलामा पहिरो जाँदा विद्यालय र वडासम्म जान कठिनाई

रावाबेँसी गाउँपालिका :कल्लेरी खोलामा पहिरो जाँदा विद्यालय र वडासम्म जान कठिनाई



खोटाङ,२९ भदौ । जिल्लाको रावाबेँसी गाउँपालिका-२ खार्पास्थित कल्लेरी खोलामा पहिरो जादा आवतजावतमा समस्या भएको छ । पहिरोले खार्पा गा.वि.सको साविक १ नम्बर वडा रुभुङ गाउँका नागरिकलाई विद्यालय र वडा कार्यालयसम्म आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् ।

लामो समयदेखि वर्षेनी बगिरहने कल्लेरी खोलाको पहिरोले बर्खाको समयमा रुभुङवासीलाई दुःख दिदैआएको छ । अघिल्ला वर्षहरु भन्दा यो वर्ष कल्लेरीमा ठुलो बाढी आउनुका साथै पहिरोले पनि क्षेत्र बढाएपछि रुभुङवासीलाई आवतजावतमा कठिन भएको स्थानीय उदिम चाम्लिङले बताउनुभयो । ‘खार्पाको वडा कार्यालय र शारदा माध्यमिक विद्यालय नजिकै पर्छ जहाँ पुग्न रुभुङवासीले कल्लेरी खोलाको पहिरो पार गर्नुपर्छ ।’

करीब १०० मिटर क्षेत्रमा गएको पहिरो पानी परेको समयमा प्रायः बगिरहन्छ । जसले गर्दा विशेषगरी विद्यार्थीलाई विद्यालय आउन र जान समस्या भएको छ । विद्यार्थीहरु जोखिम मोल्दै जुत्ता, चप्पल हातमा बोकेर मनभरीको त्रासकासाथ पहिरो पार गर्न बाध्य छन् । खोलामा पुल वा वैकल्पीक बाटोको व्यवस्था नहुँदा जुनसुकै समयमा पनि घटना हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

पहिरोको कारण उत्पन्न उक्त समस्याको दिर्घकालिन समाधानकालागि गाउँपालिका लाग्ने रावाबेँसी गाउँपालिकाका अध्यक्ष फट्टिककुमार श्रेष्ठले जानकारीदिनुभयो । तत्कालकालागि आवतजावतमा सहजता ल्याउन बजेटको व्यवस्था गरेर काम अघि बढाउन भनिसकेको अध्यक्ष श्रेष्ठको बताउनुभयो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार ००:००  ३ : १४ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली