८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा : घुम्ती शिविर सञ्चालनमार्फत वडामै भत्ता वितरण गर्ने तयारी

दिप्रुङ चुइचुम्मा : घुम्ती शिविर सञ्चालनमार्फत वडामै भत्ता वितरण गर्ने तयारी



खोटाङ ,१ असोज । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले घुम्ती शिविर सञ्चालनमार्फत भत्ता वितरण गर्ने भएको छ । शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडामा वितरण गर्ने भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईले जारी गरेको सूचनामा उल्लेख छ ।

गाउँपालिका र सानिमा बैक शाखा कार्यालय दिप्रुङको सम्झौतामा असोज ५ गतेबाट पहिलो त्रौमासिक सामाजिक सुरक्षा भत्ता वडामै वितरण गर्ने तयारी गाउँपालिकाले गरेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बिरासत खबरलाई जानकारी दिनुभयो । जेष्ठ नागरिक र फरक क्षमता भएको ब्यक्तिहरूलाई बैंकसम्म आवात-जावत गर्न समस्या भएको थियो । उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आएसँगै नागरिकलाई स्थानीय सरकारको अनुभुति दिलाउँदै वडाको नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेका हौं।

दिप्रुङ चुइचुम्मा गाउँपालिका -१ याम्खामा असोज ५ गते
दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुमा असोज ६ गते
दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ वतासेमा असोज ७ गते
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ स-छितापोखरीमा असोज ९ गते
दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीमा असोज ११ गते
दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा असोज १२ गते सामाजिक सुरक्षा भत्ता वितरण गरिने सूचनामा उल्लेख छ ।

यस्तै, वडा -२ डाँडागाउँमा भने वैङ्कमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रमुख प्रशासकीय राईले बताउनुभयो ।

यस अघि सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट सानिमा बैंकको शाखा दिप्रुङले दिदैं आएको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार ००:००  ७ : ५५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली