८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई साकेला गाउँपालिकाको सम्मान

निःशुल्क जग्गा दिने १८ जना जग्गादातालाई साकेला गाउँपालिकाको सम्मान



खोटाङ, ५ कातिक । साकेला गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन निर्माण तथा गाउँपालिकाभित्र सञ्चालित विभिन्न कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने १८ जना जग्गादातालाई सम्मान गरेको छ । गाउँपालिकाले हिन्दु नेपालीहरुको महान चाड दशैँ, तिहार, छठ तथा किराँत समुदायको साकेला उँधौली चाडको अवसर पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रमको अवसरमा जग्गादातालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

मानेभञ्ज्यास्थित गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि दश रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने साकेला–२ का काजीबहादुर खत्री, तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने राजकुमार सुवेदी, पाँच रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने भीमबहादुर सुवेदी, छ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने बलराम राई र एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने विष्णुकुमारी कटवाललाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।

चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडालाई एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने पदमबहादुर कामी, साकेला स्वास्थ्यचौकी रतन्छालाई सात रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने मानबहादुर राई, वडा कार्यालय रतन्छालाई दुई रोपनी पाँच आना जग्गा निः शुल्क प्रदान गर्नुहुने रुपेश राईलाई सम्मान गरिएको जनाइएको छ । त्यस्तै, साकेला आधारभूत अस्पताल निर्माणका लागि चार रोपनी आठ आना जग्गा निःशुल्क जग्गा प्रदान गर्नुहुने तुलराम राई, तीन रोपनी छ आना जग्गा प्रदान गर्नुहुने रामकुमार राई र एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गर्नुहुने सञ्जय राईलाई पनि सम्मान गरिएको छ ।

यसैगरी, वडा नं. ४ को कार्यालय भवन निर्माणका लागि तीन रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने देउकुमार श्रेष्ठ तथ एक÷एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने प्रेमकुमार श्रेष्ठ, पदम बहादुर श्रेष्ठ र ईन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । आधारभूत स्वास्थ्य इकाईको भवन निर्माण गर्न तीन रोपनी आठ आना र धनबरे खेलमैदान साकेला–४ लाई चार रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने विष्णुमाया श्रेष्ठलाई सम्मान गरिएको छ ।

त्यसैगरी, आधारभूत स्वास्थ्य इकाई साकेला–४ को भवन निर्माणका लागि एक रोपनी जग्गा निःशुल्क प्रदान गर्नुहुने हीरामाया श्रेष्ठ र आठ आना जग्गा निःशुल्क प्रदान गर्नुहुने पूर्णकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । विभिन्न कार्यालय निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादातालाई गाउँपालिका प्रमुख रविप्रकाश राई, पूर्वप्रमुख अर्जुनकुमार खड्का ‘झङकार’, उपप्रमुख बिर्सिका राई र पूर्वउपप्रमुख सरिता खड्काले संयुक्तरुपमा सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न सङ्घसंस्था, विद्यालय, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । यसअघि गाउँपालिका प्रमुख रविप्रकाश र उपप्रमुख बिर्सिकाले पालिकाको सबै वडामा पुगेर शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

यसैबीच, साकेला गाउँपालिकाको शिक्षा शाखाले प्रकाशन गरेको शैक्षिक पाश्र्वचित्रसमेत विमोचन गरिएको छ । पालिकाकाभित्र सञ्चालित माध्यमिक र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिकसहित सम्पूर्ण विषय समेटिएको पाश्र्वचित्र प्रमुख रविप्रकाश, पूर्वप्रमुख ‘झङकार’, उपप्रमुख बिर्सिका र पूर्वउपप्रमुख खड्काले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार ००:००  ७ : ३८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली