८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल-आहाले सडक खण्डको काम सुचारु नभए नगरप्रमुख र उपप्रमुख थुन्ने स्थानीयको चेतावनी

दिक्तेल-आहाले सडक खण्डको काम सुचारु नभए नगरप्रमुख र उपप्रमुख थुन्ने स्थानीयको चेतावनी



खोटाङ । दिक्तेल–आहाले सडकखण्डको कालोपत्रे गर्ने कार्य तत्काल सुचारु गर्न माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–१ हाडडाँडाका स्थानीयले मेयर तीथराज भट्टराई ज्ञापन–पत्र बुझाएका छन् । सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई कार्यालयमा थुन्ने चेतावनीसहितको ज्ञापन–पत्र स्थानीयले बुझाएका हुन् ।

दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहिबार मेयरको कार्यकक्षमै पुगेर ज्ञापन–पत्र बुझाउदै तत्काल काम सुचारु गर्न माग गरेका छन् । स्थानीय हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा भदौ १९ गते नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न÷गराउन माग गरेका थिए । उक्त मागको सुनाई नभएपछि दिक्तेलबजारमा सवारी आवागमन बन्द गर्ने, हड्ताल गर्नेदेखि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्नेसम्ममा आन्दोलन उल्लेख गर्दै ज्ञापनपत्र लिएर आफुहरु आउन बाध्य भएको स्थानीयहरुको भनाइ छ ।

कालोपत्रेको काम अलपत्र हुँदा सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनेगरेको, कालिका मन्दीर र महादेवगुफा जानेआउने दर्शनार्थीलाई समेत असहज भइरहेको पत्रमा उल्लेख गएिको छ । मेयर भट्टराईले ‘आफैलाई थुन्ने’ ज्ञापन–पत्र मुसुमुसु हाँस्दै बुझ्नु भएको थियो । पत्र बुझद्ै भट्टराईले नगरपालिका भित्र कयौ काम अलपत्र परिरहेकाले त्यसको खोजिगर्दै काम सुचारु गराउन लागिपरिरहेको बताउनुभयो । केही दिन अगाडि मेशिन लिएर ठेकेदार भाग्न खोज्दा तालाबन्दी गरेर भएपनि जिल्ला अस्पताल–लफ्याङ सडक स्तरोननतीको काम सुचारु गर्न बाध्य नगरपालिकाले बनाएको उहाँको भनाइ छ ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने उक्त सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । याक्थुङहाङ/साप/सिरुवा जेभी निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो ।

तर हालसम्म कालोपत्रेको करिब ६० प्रतिशत मात्र प्रगती भएको छ । दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेलतर्फबाट ९ जेठ २०७८ देखि आरसिसि ढलान सुरु गरिएको थियो । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर)सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार ००:००  ९ : ०६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली