८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदातालाई प्रभावित पार्न यात्रुबाहक बसमा सुटुक्क गाउँ-गाउँमा खाद्य बस्तु लगिएपछि‘

मतदातालाई प्रभावित पार्न यात्रुबाहक बसमा सुटुक्क गाउँ-गाउँमा खाद्य बस्तु लगिएपछि‘



खोटाङ । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदातालाई प्रभावित पार्ने अनेकौँ हर्कतहरु बाहिर आउन थालेका छन् । खोटाङमापनि यस्ता गतिविधि देखिएको स्थानीयहरुले बताएका छन् ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक मात्र यात्रु बोकेर बसभरी दैनिक उपभोग्य सामाग्री चामल तथा खुद्रा किराना पसलको सामग्री लिएर सदरमुकाम दिक्तेलबाट गएपछि स्थानीयले आशंका गरेका थिए । पहाडको कच्चि सडक दिक्तेल हुँदै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि यात्रुबाहक बस बा २ ख ४४५५ गयो । यात्रुबाहक बसमा भित्र टनाटन खाद्यन्नका सामान भरिएका थिए ।

सवारी व्यवस्था ऐन अनुसार यात्रुबाहक सवारीले खाद्यन्न ओसार्न पाइदैन । मौन अवधिको समयमा शंकास्पद सामान बोकेको गाडी देखेपछि केही स्थानीयले त्यसलाई निगरानीमा राखे । केही सामान चुईचुम्मा वडा नं. १ याम्खाको विन्दा कुँवरको घरमा गाडीबाट झारियो । जहाँ चिया पसल मात्र थियो । त्यो कुनै किराना पसल (खाद्य वस्तु) बिक्रि गर्ने पसल थिएन । त्यसपछि झनै शंका भयो । त्यसपछि स्थानीयले घेरा हालेर सोधि खोजी गरे । बाँकी सामान दिप्रुङ चुईचुम्मा वडा नम्बर ७ टेम्माको माथिल्लो स्कुल नजिक लगिने भनियो ।

चालकलाई वास्तविक व्यक्तिको नाम दिन भनेपछि उहाँ आत्तिनुभयो । समान पठाउनेले नम्बरपनि ९ वटा मात्र दिएकाको र नामपनि नदिएकाले बाँकी सामान तोकिएको व्यक्तिकोमा आफूले पुर्याउन नसक्ने भन्दै उहाँले फर्किने जानकारी दिनुभयो । त्यसपछि स्थानीयले नजिकको प्रहरी कार्यालयका इन्चार्जलाई फोन गरेर जानकारी दिनुभयो । त्यसपछि प्रहरी उक्त स्थानमा पुग्यो । तर प्रहरीले समेत गाडी नदेखिएको र गलत सूचना दिएको भनेर स्थानीयलाई उल्टै त्रास दियो ।

तर आफूसँग फोटो, गाडी नम्बर र चालकको विवरण समेत रहेको बताएपछि त्यसपछि मात्र प्रहरीले गाडी पत्ता लागेको जानकारी दियो । प्रहरीले भने पसलका लागि सामान ल्याएको भन्दै यो विषयलाई लुकाउन खोज्यो । तर प्रत्यक्षदर्शी त्यो समान मतदातालाई प्रभावमा पार्न वितरण गर्न नै ल्याइएको दावी गर्दछन् । यात्रुबाहक बसमा खाद्यन्नका सामान बोकेर जानुपनि शंका गर्नु जायज हो । एक स्थानीयले नाम नखुलाउने शर्तमा उक्त सामान खोटाङ प्रदेश सभा क्षेत्र नं. (ख) मा नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र राईको समूहले लगेको हो ।

निश्चित ठाउँमा सामान झारेर मतदातालाई क्रमैसँग वितरण गर्ने योजना थियो । तर स्थानीयले पत्ता लगाएपछि अहिले उक्त सामान स्टोर मात्र गरिएको छ । प्रहरी र प्रमुख जिल्ला अधिकारी समक्ष समेत उक्त घटनाको जानकारी प्राप्त भएको छ । तर प्रहरीले गहिरो अनुशन्धान गर्न नचाहेको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार ००:००  ३ : ४८ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली