१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ : निर्वाचन मत परिणाम पाँच सय मत गणना हुँदा गठबन्धनका राई १२ मतले अगाडी

खोटाङ : निर्वाचन मत परिणाम पाँच सय मत गणना हुँदा गठबन्धनका राई १२ मतले अगाडी



खोटाङ । खोटाङ प्रतिनिधिसभा प्रत्यक्षतर्फको शुरुवाती मत गणनामा गठबन्धनका साझा उम्मेद्वार रामकुमार राई (पासाङ) ले अग्रता लिनुभएको छ । पाँच सय मत गणना हुँदा साझा उम्मेद्वार माओवादीका राईले एमालेका विशाल भट्टराईलाई १२ मतले अगाडि हुनुहुन्छ ।
राईले २ सय ३६ मत प्राप्त गर्दा भट्टराईले २ सय २४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, जसपाका डा कृष्ण कुमार राईले २, राप्रपा सर्जु श्रेष्ठले २, आमूल परिबर्तन मसिया पार्टी नेपालका चन्द्रमनि राईले ५, नेपाल मंगोल अर्गनाइजेसन दिपक मगरले २ मत पाउनु भएको छ । नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत र स्वतन्त्र उम्मेद्वार जयन्द्र कुमार राईले अहिलेसम्म मत पाउनु भएको छैन् ।

हालसम्म २७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार ००:००  १ : ५५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली