८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले थाल्यो, वडा-वडामै योजना सम्झौता अभियान

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले थाल्यो, वडा-वडामै योजना सम्झौता अभियान



खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा-वडामै योजना सम्झौताको काम शुरु गरेको छ। चालु आर्थिक वर्षदेखि लागू हुने गरी पालिकाले गत २६ मंसिरबाट वडा-वडामै पुगेर योजना सम्झौता अभियान थालेको हो।

पालिकाबाट विनियोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको गाउँपालिकाका सूचना अधिकारी एवम् योजना शाखा प्रमुख पिएस्पी चाम्लिङले बताउनुभयो । गाउँपालिकाले छनोट गरेका र वडाले छनोट गरेका योजनाको वडाबाटै सम्झौता गरिएको छ । प्रमुख चाम्लिङले भन्नुभयोे, “योजना सम्झौताका लागि पालिकाबाट प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, योजना शाखाका प्रमुख चाम्लिङ, इञ्जिनियर मुकेशकुमार यादवसहित विभिन्न शाखामा कार्यरत कर्मचारी वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच योजना सम्झौता गरिएको हो।”

चालु आर्थिक वर्षमा गाउँपालिकामा पालिकास्तरीय २६ र वडास्तरीय २८१ योजना तथा कार्यक्रम रहेको योजना शाखाका प्रमुख चाम्लिङले बताउनुभयो । सात वटा वडा रहेको पालिकामा पाँच वडामा योजना सम्झौता सम्पन्न भएको जनाइएको छ । पालिकाको वडा-५ स-छितापोखरीमा भने शुक्रबार वडामा योजना सम्झौता गरिने र वडा-६ छितापोखरीमा शनिबार योजना सम्झौता गरिने योजना शाखा प्रमुख एवम् गाउँपालिका सूचना अधिकारी चाम्लिङले जनाकारी दिनुभयो ।

वडामै गएर योजना सम्झौता गर्दा काम समयमै सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि पालिका सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने उद्देश्यले वडामै योजना सम्झौता गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकन्द्र राईले जानकारी दिनुभयो । उपभोक्ता समितिले योजना सम्झौतापश्चात अन्तिममा काम सम्पन्न गरेर भुक्तानीका लागि मात्रै पालिकामा जान सकिने छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार ००:००  ३ : २६ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली