८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोरी खेती गर्ने किसानलाई केपिलासगढीको अनुदान

तोरी खेती गर्ने किसानलाई केपिलासगढीको अनुदान



खोटाङ । व्यावसायिक रुपमा तोरी खेती गर्ने किसानलाई खोटाङको केपिलासगढी गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष ०७९/८० को गाउँसभाबाट स्वीकृत कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिका अध्यक्ष समीर राईले बताउनुभयो ।

कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी २५ सयका दरले विनासर्त अनुदान उपलव्ध गराउने तयारी गरिएको अध्यक्ष राईले जानकारीदिनुभयो ।

<span;>तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयतित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार ००:००  ५ : ५५ बजे

हाम्रो टिम

अध्यक्ष – सन्तोश पौडेल
सम्पादक – बिरेन्द्र मगर
सह-सम्पादक – लक्ष्मी अधिकारी (पौडेल)
फोटो पत्रकार – मनोज आचार्य, आकृश पौडेल
विराटनगर प्रमुख – धिरज दाहाल
धरान प्रमुख –सन्तोश काफ्ले
सम्वाददाता – लेखबहादुर खत्री
साउदी – बलराम नेपाली